गर्मी मौसम चरम सीमामा छ र लूको प्रकोप पनि बढिरहेको छ। मधुमेहका बिरामीले गर्मी मौसममा विशेष ध्यान दिनुपर्छ। चर्काे गर्मीमा पसिना आउनुका कारण शरीरमा पानी र नूनको कमी हुन्छ, जसले थकान र डिहाइड्रेसनको समस्या निम्त्याउँछ। यसबाहेक गर्मीका कारण रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि गा–हो हुन्छ।
दिल्लीस्थित डायबिटिज एन्ड मेटाबोलिक रिसर्च सेन्टरका एमडी र निर्देशक डा अशोक झिंगन गर्मीमा मधुमेहको व्यवस्थापन चुनौतीपूर्ण हुने बताउँछन्। दैनिक बानीमा परिवर्तन, निर्जलीकरणको जोखिम र थकानले मधुमेह रोगीहरूलाई समस्या सिर्जना गर्न सक्छ। त्यसैले यो मौसममा मधुमेहका बिरामीले विशेष ख्याल गर्नुपर्छ।
हाइड्रेशनः गर्मीमा डिहाइड्रेशन मधुमेह रोगीहरूको लागि खतरनाक हुन सक्छ। त्यसैले दिनभरि प्रशस्त पानी पिउनुपर्छ। तिर्खा नलागे पनि पानी पिउनुहोस्। पानीबाहेक कागती पानी, मोही वा इलेक्ट्रोलाइटयुक्त पेय पनि पिउन सक्नुहुन्छ।
रक्त शर्करा स्तरमा निगरानी : गर्मीमा रगतमा चिनीको मात्रामा उतारचढाव आउन सक्छ। त्यसैले रगतमा चिनीको मात्राको नियमित जाँच जरुरी छ। यसका लागि ग्लुकोमिटर वा कन्टिन्युअस ग्लुकोज मोनिटरिङ (सिजिएम) उपकरण प्रयोग गर्न सकिन्छ। सिजिएम डिभाइसमा औंलामा घोचेर रक्त जाँच गर्नुपर्दैन। यसको मदतबाट चौबीसै घण्टा रगतमा चिनीको स्तर निगरानी गर्न सकिन्छ।
स्मार्ट व्यायाम गर्नुहोस् : मधुमेह नियन्त्रणमा नियमित व्यायामले महत्वपूर्ण भूमिका खेल्छ। गर्मीमा तापमान कम हुँदा बिहान वा बेलुका व्यायाम गर्नु राम्रो हुन्छ। योग, एरोबिक्स वा स्टे«न्थ प्रशिक्षणजस्ता घरभित्रकै व्यायामहरू गर्न सकिन्छ।
स्वस्थ आहार : गर्मीमा हलुका र पौष्टिक खाना खानुपर्छ। फलपूmल, सागसब्जी, सिङ्गो अन्न, कम बोसो भएको प्रोटिनयुक्त आहार सेवन गर्नुपर्छ। चिनी, प्रशोधित खाना र भुटेको खानाबाट बच्नुहोस्।
गर्मीको आनन्द लिनुहोस् : गर्मी मौसम रमाइलो गर्ने समय हो। तर मधुमेहका बिरामीले केही सावधान रहनुपर्छ। सरल उपाय अँगालेर मधुमेह नियन्त्रण गर्नुपर्छ।