सन् २०२४ को मे महीनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मे महीनामा जम्मा ९० हजार २११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।
सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ को मेमा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएका थिए। कोभिड–१९ महामारीपूर्व ७८ हजार तीन सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।
विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। उनले भने, “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ। तुलनात्मकरूपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षितरूपमा पर्यटक बढेका छैनन्।”
विगतका महीनामा झैं यपिटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २८८ जना पर्यटक नेपाल भित्रिएका छन्। सोही अवधिमा अर्काे छिमेकी मुलुक चीनबाट आठ हजार ३८१ जना पर्यटक नेपाल आएका छन्।
संयुक्त राज्य अमेरिकाबाट आठ हजार ५२७ जना पर्यटक नेपाल भित्रिएका छन्।