सामान्यतया हामी विषाक्त सम्बन्धबारे कुरा गर्छाैं तर मित्रतामा तीतोपनको सम्भावना पनि हुन्छ। सुन्दर सम्बन्धलाई विषाक्त बनाउने यस्ता साथीहरूसँग हुनुहुन्छ भने एक दिन उसले तपाईंलाई पछाडिबाट छुरा हान्ने डर सधैं रहन्छ। तपाईंले टक्सिक फ्रेन्ड (विषाक्त साथी)सँग कसरी व्यवहार गर्ने र मित्रता कायम राख्नुपर्छ कि पर्दैन भनेर जान्नुपर्छ।
आरामसँग कुराकानी गर्ने : यदि तपाईं कसैसँग लामो समयदेखि साथी हुनुहुन्छ भने दुवैजना आरामसँग कुरा गर्न सक्नुहुन्छ र समस्या समाधान गर्न सक्नुहुन्छ। सम्भव छ तपाईंको अगाडिको व्यक्तिले तपाईंको कुरा गम्भीरतापूर्वक लेला र त्यसपछि उसले व्यवहारमा परिवर्तन ल्याउला। धेरैपटक कुरा गरेर समस्या समाधान गर्न सकिन्छ। त्यस कारण विनम्रतापूर्वक बताउनुहोस् कि तपाईंले कस्तो समस्याको सामना गर्दै हुनुहुन्छ।
उसको नराम्रो व्यवहार इङ्गित गर्नुहोस् ः यदि उसले तपाईंसँग असहनीय व्यवहार वा कुरा गरिरहेको छ भने त्यसलाई सहनुको सट्टा कडाइका साथ भन्नुहोस् यो गलत हो र यस्तो गर्नुहुँदैन। यसबाट बहस वा विवाद निम्तिन सक्छ तर चुप बस्नुहुँदैन। झगडापछि अब उसले सम्बन्ध राख्ने वा नराख्ने भन्ने कुरा साथीमाथि छोडिदिनुपर्छ।
दूरी राख्नुहोस् : सो व्यक्तिलाई पूर्णरूपमा त्याग्नु अघि एउटा मौका दिनुपर्छ। त्यसैले पहिले थोरै दूरी बनाउन शुरू गर्नुपर्छ। उदाहरणको लागि उसको फोन कल उठाउन कम गर्नुहोस्, सामाजिक सञ्जालमा उसको पोस्टप्रति टिप्पणी नगर्नुहोस्। होली, दीपावली, चाडपर्व र मित्रता दिवसको शुभकामना नदिनुहोस्। यसो गर्दा उसलाई केही अनौठो लाग्न सक्छ र तपाईंसँग कारण सोध्न सक्छ। यस्तो अवस्थामा उसलाई सम्झाउनुपर्छ । यदि उसले तपाईंको कमी महसूस गर्छ भने आप्mनो व्यवहारमा सुधार ल्याउँछ अथवा तपाईंबाट अलग हुन्छ।
पूर्णरूपमा अलग हुनुहोस् : जब तपाईंका सबै प्रयास असफल हुन्छन्, त्यति बेला तपाईंले सर्प पाल्नुको कुनै अर्थ रहँदैन। विषाक्त मित्रदेखि टाढा हुनुपर्छ तर सामाजिक सञ्जाल र फोन कललाई ब्लक गर्नुहुँदैन। त्यसको साटो प्रतिक्रिया वा जवाफ नदिन पनि सकिन्छ।