वार्तालाप भनेको सम्बन्ध कायम राख्ने प्रेम र स्नेहको आधार हो। यो एउटा ढोका हो, जसले दुई हृदयलाई जोड्छ र तिनीहरूलाई एकसाथ राख्ने काम गर्छ। त्यसैले कुरा गर्नु जरुरी छ। तर प्रश्न उठ्छ सम्बन्ध बनाइराख्न दिनहुँ कुरा गर्नु आवश्यक छ ? जवाफ छ– आवश्यक छैन तर निश्चितरूपमा लाभदायक अवश्य छ।

आजको व्यस्त जीवनमा सबैसँग समयको अभाव हुन्छ। यस्तो अवस्थामा, हरेक दिन लामो कुरा गर्न गा–हो हुन सक्छ। तर यसको मतलब यो होइन कि सम्बन्ध कायम राख्न कुनै सञ्चार हुनुहुँदैन।

हरेक दिन घण्टौं फोनमा कुरा गर्नुभन्दा तपाईं के र कसरी कुरा गर्दै हुनुहुन्छ भन्ने महत्वपूर्ण हुन्छ। यदि तपाईं उसको जीवनमा के भइरहेको छ, कस्तो महसूस भइरहेको छ भन्ने कुरा पार्टनरसँग साझा गर्न सक्षम हुनुहुन्छ भने यसले तपाईंको सम्बन्ध बलियो बनाउँछ। तर तपाईं यदि झगडा गर्नुहुन्छ भने दिनहुँ कुरा गर्नुको कुनै अर्थ छैन।

सबैको आप्mनै व्यक्तित्व र सञ्चार–शैली हुन्छ। केही जोडी हरेक दिन साना–साना कुराहरू साझा गर्न मन पराउँछन्, जबकि कोही हप्तामा एकपटक गहिरो कुराकानी गर्न मन पराउँछन्। दुवै तरीका सम्बन्धको लागि राम्रो हुन सक्छ, यो महत्वपूर्ण छ कि दुवै साझेदार यसमा सहज छन्।

सम्बन्ध कायम राख्न कुरा गर्नु आवश्यक छ, तर पर्याप्त छैन। कुरा गर्दा अन्यत्र व्यस्त हुनुहुँदैन। उदाहरणका लागि, फोनमा कुरा गर्दा टिभी हेर्ने वा अन्य काम नगर्नुहोस्। कुनै किसिमको शङ्का भएमा कुराकानीबाट टाढा नजानुहोस्, शान्त मनले छलफल गर्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here