महीनावारीको समयमा कसरी सरसफाइमा ध्यान दिन सकिन्छ भन्नेबारे सचेत गराउने उद्देश्यले हरेक वर्ष मे २८ तारिखमा ‘महीनावारी स्वच्छता दिवस’ मनाइन्छ। महीनावारी स्वास्थ्य समग्र स्वास्थ्यको लागि धेरै महत्वपूर्ण छ। युनिसेफ अनुसार विश्वभर करीब १.८ बिलियन महिलालाई महीनावारी हुन्छ। जसमध्ये ८० प्रतिशत महिलालाई महीनावारीको पीडा र ३० प्रतिशतले कडा पिरियड त्र्mयाम्प्सको सामना गर्नुपर्ने हुन्छ। अनियमित मासिक चक्रका कारण १४ देखि २५ प्रतिशत महिलाले प्रजनन उमेरमा समस्याको सामना गर्नुपर्ने हुन्छ।
महीनावारी हुँदा किन समस्या हुन्छ ? यस्ता समस्याका पछाडि धेरै कारण हुन सक्छन्, जसमा तनाव, खराब खानपान, व्यायामको कमी र हार्माेनल सन्तुलन समावेश छ। यद्यपि उचित महीनावारी स्वच्छता र शिक्षामा पहुँचको कमीको कारण, आज धेरै महिलाहरूले पिएमएस, युटिआई, पिसिओएस र पिसिओडी जस्ता विभिन्न स्वास्थ्य समस्याको सामना गर्छन्, बेवास्ता गर्छन् र उपचार गर्दैनन्। यसका लागि विश्व स्तरमा चेतना फैलाउन आवश्यक छ।
महीनावारी स्वास्थ्य व्यवस्थापन गर्ने तरीका : आयुर्वेदमा महीनावारीलाई समग्र स्वास्थ्यको एउटा महत्वपूर्ण भाग मानिन्छ। यसमा महीनावारीलाई एउटा प्राकृतिक शुद्धीकरण प्रक्रिया मानिन्छ जसमा शरीरबाट विषाक्त पदार्थ र फोहोर निस्कन्छ। आयुर्वेदिक विशेषज्ञ डा पूजा कोहलीका अनुसार महीनावारीको समस्यालाई हामीले पाँच तरीकाले प्राकृतिकरूपमा व्यवस्थापन गर्न सक्छौं।
तरल पदार्थ : हर्बल चिया र तातो पानीको रूपमा प्रशस्त तरल पदार्थ पिउनाले तपाईंलाई हाइड्रेटेड रहन मदत गर्न सक्छ। यसले प्रभावकारीरूपमा तपाईंको शरीरबाट विषाक्त पदार्थ र फोहोर हटाउन मदत गर्छ। क्याफिन, सोडा र अल्कोहलजस्ता उत्तेजक पेय पदार्थ खानुहुँदैन। तातो पानी, अदुवाको चिया वा जीरा पिउनाले सुन्निने र दुखाइ कम गर्न मदत गर्छ।
साधारण र पौष्टिक खाना : तपाईं जति धेरै प्रशोधित र भुटेको खाना खानुहुन्छ, महीनावारीको समयमा धेरै समस्याको सामना गर्नुपर्छ। महीनावारी भएको बेला सरल र तरल खानेकुरा खानुपर्छ। तातो र ताजा खाना खानुपर्छ। मौसमी तरकारी र खानामा कम मसाला प्रयोग गर्नुपर्छ।
महीनावारीको समयमा महिलाको शरीरले सामान्यतया कडा परिश्रम गर्छ, जसको कारण थकानको सामना गर्नुपर्ने हुन सक्छ। पर्याप्त निदाएर शरीरलाई रिकभर र रिचार्ज गर्न सकिन्छ। दिनभर ओछयानमा सुतेर पनि फाइदा हुँदैन, त्यसैले शारीरिक गतिविधि गर्नुपर्छ। हलुका हिंड्ने, योग स्ट्रेच आदि गर्नाले दुःखाइबाट राहत पाइन्छ र मुड पनि सुधार्न सकिन्छ।
सरसफाइ : महीनावारीको समयमा राम्रो सरसफाइ राख्नु निकै महत्वपूर्ण हुन्छ। प्याडलाई हरेक ४–६ घण्टामा बदलिनुपर्छ। यसबाहेक सुगन्धित उत्पादन प्रयोग नगर्नुहोस् किनभने त्यसबाट प्रभावित क्षेत्रमा जलन हुन सक्छ। तातो पानीले नुहाउँदा मांसपेशी दुख्ने समस्याबाट राहत पाउन सकिन्छ।
आयुर्वेदिक चिकित्सा : धेरैजसो महिलाहरूले महीनावारीको समयमा हल्कादेखि गम्भीर पीडा महसूस गर्छन्। यद्यपि ओभर–द–काउन्टर औषधिहरूले तपाईंलाई तत्काल राहत दिन मदत गर्न सक्छ तर लामो अवधिसम्म त्यसको सेवनबाट अवस्था बिग्रन सक्छ। यसको सट्टा आयुर्वेदिक औषधिहरू जस्तै त्रैलोक्य विजयावटी। यसले महीनावारीको दुःखाइ र असुविधाको लक्षण कम गर्न मदत गर्दछ।