गर्मी मौसममा तापक्रम ४० डिग्री सेल्सियस नाघेपछि तातो लहरको जोखिम निकै बढ्छ। यसबाट बच्न विभिन्न उपाय गर्नुपर्छ अन्यथा तपाई बिरामी पर्न सक्नुहुन्छ। भारतका प्रसिद्ध पोषणविद् निखिल वत्सका अनुसार गर्मीको मौसममा शरीरलाई चीसो राख्न चाहनुहुन्छ र गर्मीबाट बच्न चाहनुहुन्छ भने तपाईंले आफ्नो दैनिक आहारमा केही स्वस्थ चीसो जडीबुटी समावेश गर्न सक्नुहुन्छ।

हरियो धनिया : हरियो धनिया एउटा बिरुवा हो, जुन व्यञ्जनलाई स्वादिलो बनाउन प्रयोग गरिन्छ। यसले खानाको स्वाद बढाउँछ। यो एउटा कम क्यालोरीयुक्त आहार हो र यसमा भिटामिन र खनिजको कमी छैन। यसको सेवनले शरीरमा रहेको लेड र मक्र्युरीजस्ता भारी धातु हटाउन मदत गर्छ। यो चीसो जडीबुटी हो, जसले गर्मीमा शरीरलाई आराम दिन्छ। धनियामा पाइने एन्टी–माइक्रोबियल गुणले ब्याक्टेरिया र सङ्क्रमणबाट जोगाउँछ। हरियो धनियाको चटनी बनाउन सक्नुहुन्छ वा सलादमा मिसाएर खान सक्नुहुन्छ।

पुदिना : पुदिनाको प्रकृति एकदमै चीसो हुन्छ र यसको स्वाद र गन्ध पनि स्फूर्तिदायक छ। यस जडीबुटीमा आइरन, क्याल्शियम, पोटाशियम, म्याग्नेशियम, भिटामिन ‘ए’ र ‘सी’ पाइन्छ। यसको पातमा पाइने मेन्थोलले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्टको मांसपेशीलाई आराम दिन मदत गर्छ, जसले गर्दा गर्मीमा अपच, ग्याँस र पेट फुल्ने समस्याबाट बचाउँछ। पुदिनाको बिरुवा घरमैं लगाउन सकिन्छ। पुदिनाको पात सीधैं खान सकिन्छ, यसलाई कागती पानीमा मिसाएर वा सलादमा हालेर शर्बत बनाएर पिउन पनि सकिन्छ।

लेमन बाम : गर्मीको तापको कारण धेरैलाई राम्ररी निद्रा पर्दैन, यस्तो अवस्थामा लेमन बाम राहतको स्रोत बन्न सक्छ। कागतीको पातमा प्रशस्त एन्टिअक्सिडेन्ट हुन्छ र यसमा भिटामिन सी, फोलेट र थायमिन पनि हुन्छ। यस जडीबुटीमा आरामदायी गुण हुन्छ, जसले चिन्ता हटाउन र निद्रामा सुधार गर्न मदत गर्छ। साथै यो पाचनको लागि राम्रो मानिन्छ। सलाद, लेमोनेड र आइस टीसँग कागती मिसाएर सेवन गर्न सकिन्छ।

तुलसी : तुलसी एउटा उत्कृष्ट औषधीय बिरुवा भए तापनि नेपाल रभारतमा यसलाई धार्मिक दृष्टिकोणले अति पवित्र मानिन्छ, त्यसैले यसको बोट धेरैजसो घरको आँगनमा पक्कै देखिन्छ। यो आयुर्वेदिक जडीबुटी गर्मी मौसममा तपाईंका लागि आरामको स्रोत बन्न सक्छ। यसमा भिटामिन ‘ए’, ‘सी’, ‘के’, म्याग्नेशियम, आइरन, क्याल्शियम र पोटाशियम पाइन्छन्। तुलसीमा युजेनोल हुन्छ, जसमा एन्टी–इन्प्mलेमेटरी गुण हुन्छ, जसले दुःखाइ र सुन्निने कम गर्छ। तुलसीको पातको मदतले चीसो पेय तयार गर्न सकिन्छ वा यसलाई सलादमा पनि समावेश गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here