भारतको बेंगलुरुमा एकजना १२ वर्षीया बालिकाले पान खाँदा उनको पेटमा प्वाल परेको छ । यो सामान्य पान थिएन । सामाजिक सञ्जालमा टे«न्ड भएको स्मोक पान थियो । शल्यक्रियापछि बालिकाको अवस्था अहिले ठीक छ । तर यो घटनाले चेतावनी दिएको छ कि कुनै पनि कुराको प्रयास गर्नु अघि त्यसबारेमा सम्पूर्ण जानकारी लिनुपर्छ ।

खबर अनुसार सो बालिका कुनै विवाह समारोहमा थिइन् । त्यहाँ उनले पाहुनालाई स्मोक पान खाएको देखेपछि आफूले पनि त्यो खाने प्रयास गरिन् । पान खानेबित्तिकै उनलाई पेटमा असहज पीडा भयो । परिवारका सदस्यले उनलाई तत्कालै अस्पताल लगे । जाँचपछि उनको पेटमा प्वाल भएको थाहा भयो । त्यसपछि चिकित्सकहरूले उनको पेटको एउटा भाग शल्यक्रिया गरेर निकाल्नुपर्यो ।

स्मोक पान कसरी बन्छ ? स्मोक पान बनाउनको लागि तरल नाइट्रोजन पानमा राखिन्छ । तरल नाइट्रोजन कम तापक्रम हुने तरल पदार्थ हो, जसले वाष्पीकरण गर्छ र धूवाँ उत्पादन गर्छ, त्यसैले यो पानलाई स्मोक पान भनिन्छ । तरल नाइट्रोजनको खपत वा प्रत्यक्ष सम्पर्क शरीरको लागि खतरनाक हुन सक्छ । यसले पेट र आन्द्राहरूलाई गम्भीररूपमा क्षति पु¥याउन सक्छ । जसबाट प्वाल हुने, आन्तरिक रक्तस्राव र मृत्युसमेत हुन सक्छ ।

बालबालिकाहरू जिज्ञासाका कारण यस्ता टे«न्डी खानेकुराहरू बढी मन पराउँछन् । तरल नाइट्रोजनयुक्त खानेकुरा बालबालिकाका लागि कतिको खतरनाक हुन सक्छ भन्ने यो घटना एउटा उदाहरण हो । यस्तो अवस्थामा आमाबुबाले आफ्ना छोराछोरीले कस्तो प्रचलनमा रहेका खानेकुराहरू खान्छन् भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ ।

                                                                               – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here