ज्वरोबाट छुटकारा पाउन एलोपैथिक औषधिको सट्टा धेरैले घरेलु उपचार रुचाउँछन्। त्यसैले आयुर्वेदिक औषधिमा धेरै जोड दिइन्छ। तपाईंले प्राय: देख्नुभएको होला–कतिपय मानिस ज्वरो आएपछि अश्वगन्धा सेवन गर्न थाल्छन् तर के यो ज्वरोबाट छुटकारा पाउने सही उपाय हो ?

अश्वगन्धा आयुर्वेदिक औषधि हो। अश्वगन्धा सामान्यतया पाउडर वा ट्याब्लेटको रूपमा प्रयोग गरिन्छ, यसको माध्यमबाट धेरै रोग निको हुन सक्छ। जब कोरोना भाइरसको महामारी फैलियो, धेरैले अश्वगन्धाको काढा पिउन थाले। यसमार्फत रोग प्रतिरोधात्मक क्षमता बढ्छ, जसले सङ्क्रमणको जोखिम कम गर्छ र कुनै पनि भाइरल रोगले हाम्रो शरीरमा आक्रमण गर्न सक्दैन।

ज्वरो आएमा अश्वगन्धा खानुहुँदैन : अश्वगन्धा हाम्रो शरीरका लागि निकै फाइदाजनक हुनेमा शङ्का नभए पनि सधैं यसको प्रयोग गर्नुहुँदैन, नत्र फाइदाको सट्टा हानि हुन सक्ने आहारविद् आयुषी यादव बताउँछिन्। विशेषगरी ज्वरो आएको बेला यसको सेवन गर्नुहुँदैन। अश्वगन्धा पचाउन सजिलो छैन र ज्वरो आउँदा पाचन प्रणाली प्रभावित रहन्छ। यस्तो अवस्थामा तपाईंलाई पेटको समस्या हुन सक्छ र कब्जियत, ग्याँस, अपचजस्ता समस्याले तपाईंलाई पिरोल्ने निश्चित हुन्छ।

कलेजोको समस्या बढाउँछ: अश्वगन्धाले तपाईंको शरीरलाई ऊर्जा प्रदान गर्छ तर यसको अत्यधिक प्रयोग गर्दा हानि पनि पु–याउन सक्छ। तसर्थ, यो जडीबुटीको सेवन गर्नु अघि निश्चितरूपमा आयुर्वेदिक चिकित्सकसँग परामर्श लिनुपर्छ। आफैं चिकित्सक बन्ने प्रयास गर्नुहुँदैन, किनभने यसको अत्यधिक प्रयोगले कलेजोमा समस्या निम्तिन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here