फुड  सेफ्टी एन्ड स्ट्यान्डड्र्स अर्थोरिटी अफ इन्डिया अर्थात् एफएसएसइआईले फलपूmल पकाउने चेम्बरहरू सञ्चालन गर्ने फुड बिजनेस अपरेटरहरूलाई फलपूmललाई कृत्रिमरूपमा पकाउन क्याल्शियम कार्बाइडको प्रयोगमा रोक लगाउन कडा निर्देशन गरेको छ।

विशेषगरी आँपको मौसममा सतर्कता अपनाउन केन्द्र शासित प्रदेशहरूको खाद्य सुरक्षा विभागहरूलाई सतर्क रहन र खाद्य सुरक्षा र मानक अधिनियमको प्रावधान र नियमहरू पालना गर्न निर्देशन दिएको छ।

क्याल्शियम कार्बाइड स्वास्थ्यको लागि खतरनाक हुन्छ। क्याल्शियम कार्बाइड, सामान्यतया आँपजस्ता फलहरू पकाउन प्रयोग गरिन्छ। यसबाट एसिटिलिन ग्याँस निस्कन्छ, जसमा आर्सेनिक र फास्फोरसको हानिकारक अंश हुन्छ, जसलाई मसला भनेर चिनिन्छ। यस्ता पदार्थले चक्कर लाग्ने, बारम्बार तिर्खा लाग्ने, जलन महसूस हुने, निल्न गा–हो हुने, बान्ता हुने र छालामा घाउ हुने जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छन्। क्याल्शियम कार्बाइड फलपूmलसँग प्रत्यक्ष सम्पर्कमा आउने भएकोले फलमा आर्सेनिक र फास्फोरसको अवशेष रहन्छ।

यस्ता खतराहरूका कारण फलपूmल पकाउन क्याल्शियम कार्बाइडको प्रयोगलाई खाद्य सुरक्षा र मानक (बिक्रीमा प्रतिबन्ध) नियमावली अन्तर्गत प्रतिबन्ध लगाइएको छ। नियममा स्पष्ट भनिएको छ– कुनै पनि व्यक्तिले बिक्रीको लागि आफ्नो परिसरमा खाद्यान्न खुला राख्नुहुँदैन। सामान्यतया कार्बाइडबाट फलपूmललाई कृत्रिमरूपमा पकाउनुहुँदैन।

एथिलिन ग्याँसलाई स्वीकृति:  फलफुल पकाउन प्रतिबन्धित क्याल्शियम कार्बाइडको ठूलो मात्रामा प्रयोग हुने मुद्दालाई ध्यानमा राख्दै एफएसएसएआईले भारतमा फलपूmल पकाउन सुरक्षित विकल्पको रूपमा इथिलिन ग्याँस प्रयोग गर्न अनुमति दिएको छ। फसल, विविधता र परिपक्वताको आधारमा १०० पिपिएम (-100 µl/L_)सम्म सान्द्रतामा इथिलिन ग्याँस प्रयोग गर्न सकिन्छ। फलपूmलमा प्राकृतिकरूपमा पाइने हर्मोन इथाइलिनले रासायनिक र जैव रासायनिक गतिविधिहरूको शृङ्खला शुरू गरी पकाउने प्रक्रियालाई नियन्त्रण गर्छ।

फल आफैंले पर्याप्त मात्रामा इथिलिन उत्पादन गरेपछि प्राकृतिकरूपमा पाक्ने प्रक्रिया शुरू हुन्छ तर नपाकेका फलहरूलाई इथिलिन ग्याँसबाट पकाउँदा त्यसले स्वास्थ्यमा हानि पु–याउँछ।

साधारणतया भारतको केन्द्रीय कीटनाशक बोर्ड र दर्ता समितिले आँप र अन्य फलहरू चाँडो पकाउनको लागि इथेफोन 39% SL लाई स्वीकृति दिएको छ।

एफएसएसएआईले एउटा व्यापक मार्गदर्शन कागजात प्रकाशित गरेको छ। यो कागजातले खाना व्यवसाय अपरेटरहरूलाई इथिलिन ग्याँसबाट फलपूmललाई कृत्रिमरूपमा पकाउने प्रक्रिया अवलम्बन गर्न सुझाव दिएको छ। एथिलिन ग्याँसले फलपूmललाई कृत्रिमरूपले पकाउने सबै पक्ष समावेश गर्छ, जस्तै प्रतिबन्धहरू, इथिलिन पकाउने प्रणाली/चेम्बरहरूको आवश्यकता, ह्यान्डलिङ अवस्थाहरू, इथाइलिन ग्याँसका स्रोतहरू, एथिलिन ग्याँसको प्रयोगको लागि प्रोटोकल, स्रोत, उपचार, सुरक्षा दिशानिर्देश आदि।

फलपूmललाई कृत्रिमरूपमा पकाउन क्याल्शियम कार्बाइडको प्रयोग वा कृत्रिम पकाउने एजेन्टको प्रयोग गर्ने, कुनै गलत अभ्यास उपभोक्ताहरूले देखेमा सम्बन्धित राज्य खाद्य सुरक्षा आयुक्तहरूको ध्यानाकर्षण गराइ त्यस्ता व्यक्तिहरूलाई कारबाई गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here