जनकपुर, २७ वैशाख/रासस

धनुषामा करेन्ट लागेर ३० वर्षीय एक युवकको मृत्यु भएको छ । बिहीवार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२ रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेले घटनाको पूर्ण विवरण प्राप्त भइनसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट)मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

महतोको शव शल्यपरीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here