बाघ हेर्ने घाघहरू
संसारभरि पाइने पाटेबाघमध्ये १० प्रतिशत पाटेबाघ त हाम्रो सानो मुलुक नेपालमैं पाइन्छ । अचेल त बहुलाहा र भुस्याहा कुकुर मार्दासमेत जनावर अधिकारवादीहरूको कोपभाजनको शिकार बनिन्छ ।

संसारभरि रहेका करीब तीन हजार बाघमध्ये झन्डै तीन सय बढी बाघ त नेपालको ठुटे जङ्गलमैं विराजमान छन् । जङ्गलको राजा भनिने बाघ अचेल नेपालमा बेवारिसे बन्दै मरेको पाइन्छ । केही महीनायता आधा दर्जनभन्दा बढी बाघ कतै वन क्षेत्र परिसरमैं अकालमैं मृत्युको कोखमा पुगेको देखियो भने केही संरक्ष्Fण केन्द्रमा उपचारको क्रममा मरेको भनियो । नेपालमा अचेल मानवप्रेमीभन्दा जनावरप्रेमी बन्ने फेशन चलेको छ । जनावरको पक्षमा वकालत गर्दै भाषण ठोकेपछि नेपालमा जनावरप्रेमीको बिल्ला पाइन्छ । यस्ता थोचे भाषणकर्तालाई जनावरको वास्तविक कहानी र समस्या भने पटक्कै थाहा हुँदैन । केही समययता बाघले मानवबस्तीमा प्रवेश गरेर जनधन र पशुको हानि गरिरहेको सुनिन्छ । यसरी बाघ मानवबस्तीमा पस्नुका प्रमुख दुईवटा कारण भएको बाघविज्ञहरू बताउँछन् । पहिलो कारण बाघको वासस्थान जङ्गलको अतिक्रमण हो । दोस्रो कारण बाघ दुर्बल र कमजोर अनि उमेर छिप्पिदै जाँदा जङ्गलमा दगुरेर, लखेटेर शिकार गर्न असमर्थ हुँदा कम मिहिनेतमा शिकार पाइने मानवबस्तीमा पस्ने, वस्तुभाउ र मान्छेमाथि आक्रमण गर्छ रे ।

शिकार गर्नु बाघको जन्मजात विशेषता हो भने शारीरिकरूपमा कमजोर बाघ सजिलै विनामेहनत शिकार पाउने मानवबस्तीमा उपस्थित हुन्छ । बाघ छिट्टै वयस्क हुन्छ, चार वर्षको बाघ त लक्का जवान र महान् शिकारी हुन्छ । बाघको सरदर आयु १५ वर्ष हुने विज्ञहरूको ठम्याइ छ तर खानपान, शिकार र शिकारीको समस्याले गर्दा नेपालका बाघहरू आप्mनो उमेरहद पाउनु अघि नै राम नाम सत्य हुन्छन् । जनावरले बाटो काट्दा पथलैया कोरिडोरको जङ्गल सडकको छेउमा गाडीको ठक्कर लागेर समेत बाघ घाइते भएका र मरेका छन् । शिकार गर्न असमर्थ बूढो बाघलाई विदेशतिर सुरक्ष्Fार्थ चिडियाखानामा राखिन्छ, सेवा गरिन्छ । तर हाम्रो मुलुकमा रहेको एकमात्र सदर चिडियाखाना जाउलाखेलमा भएका जनावरहरूको त खान नपाएर खस्ताहाल छ भने यस्ता बूढा, लुला बाघलाई कहाँ राख्ने ? बाघको जात नै लडाकू र आक्रामक हुन्छ । एकापसमा जुधेर घाइते हुने बाघ मर्ने कारणसमेत साँघुरिंदै गएको, अतिक्रमणमा परेको जङ्गल क्षेत्र नै हो । यसो त बाघलाई सर्कस, चिडियाखानामा थुनेर राख्नु पनि जेलजीवनसरह नै हो । भनिन्छ, पर्सा जिल्लाको वन क्षेत्रमैं करीब ५० वटा जति बाघ–बाघिनी छन् र यिनलाई आप्mनो नवजात डमरुलाई सुरक्षित हुर्काउन, बढाउन ठूलो समस्या छ रे । नेपालका जङ्गलमा अचेल बरु वयस्क बाघ भेटिने र डमरुहरू कम देखिन्छन् रे । बाघका घाघहरूमा खै कहिले चेतना पलाउँला ?

गजब छ बा
आप्mनो बेलामा सूर्यबहादुर थापालाई अनुदार पञ्च भनिन्थ्यो । पञ्चायतकालमा पञ्चहरूलाई दुई श्रेणीमा विभाजित गरेका थिए प्रतिबन्धित दलहरूले । एकथरी पञ्चहरूलाई उदारवादी र सूर्यबहादुर थापा जस्ता महापञ्चलाई अनुदारवादी भनिन्थ्यो । यो पनि भनिन्थ्यो कि आप्mनो बेलामा सूर्यबहादुरले दरबार र काङ्ग्रेस दुवैलाई खेलाउँथे । शायद अनुदारवादी भएकोले नै अप्ठेरो बेलामा राजा महेन्द्र र राजा वीरेन्द्र दुवैले सूर्यबहादुरको प्रयोग गर्थे । सूर्यबहादुर भारतसँग बढी हिमचिम भएको, भारतपक्षीय भन्ने आरोपसमेत थियो । भारतपक्षीय भनिए पनि अचेलका नेता (प्रधानमन्त्री)झैं उनको दौडाहा दिल्ली थिएन । भनिन्छ, सेक्सन अफिसरको परीक्ष्Fामा सफल नभएपछि काङ्ग्रेस बनेका सूर्यबहादुर थापा राजा महेन्द्रको कानेफुसी र गुप्तगुपश्चात् अनुदारवादी पञ्चमा परिणत भए । यिनकै बेलामा भूमिगत गिरोहको बुख्याचा, ऐतिहासिक धरोहर मानिने मूर्तिहरूको चोरी तथा चर्चित बलात्कार काण्डहरूसमेत भए । बेला कुबेला यिनी र दरबारको टस्सर चर्चामा आउँथ्यो । यिनै सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाले राप्रपामा भविष्य नदेखेपछि नेपाली काङ्ग्रेसको दामन थामे र केन्द्रीय सदस्य बने ।

केही दिन अघि सूर्यबहादुरको नवौं स्मृति दिवस छोरा सुनीलले धूमधामले मनाए । शेरबहादुर देउवा यो कार्यक्रममा दलबलसहित हाजिर भए, भाषण ठोके । तर अचम्म शेरेले त सूर्यबहादुरको गुणगान नै गरे, उनलाई बहुआयामिक प्रतिभाको धनीसमेत भने । बहुदलवादी गुन लगाएको, बहुदल ल्याउन सहयोगी बनेकोसमेत भने । जबकि सूर्यबहादुरले बहुदल ल्याउन होइन, पञ्चायत स्थापित गर्न राजालाई मदत गरेको इतिहास छ । गजब छ बा ।

तर शेरबहादुर थापाले अब राजा र राजतन्त्र नफर्कने ठोकुवा चै गरे । यस्तो ठोकुवा गर्नेमा प्रचण्ड, ओलीपछि देउवा हुन् । राजाले कल्याङमल्याङ गर्न थालेपछि हात, खुट्टा र मुख चलाउन थालेपछि ‘चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा तानेझैं’ गणतन्त्रका मसिहाहरूलाई पसिना छुट्न थालिहाल्छ, रन्किन थालिहाल्छन् ।

विभिन्नखाले चटक देखाएर पञ्चायतकालमा लामो समयसम्म पटकपटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापा बहुदल आए पनि चुप लागेर बसेनन् । उल्टै बहुदलेहरूको बुइँ चढेर फेरि प्रधानमन्त्री बन्न भ्याए । राजाको प्रधानमन्त्रीबाट जनताको प्रधानमन्त्री बनेर समेत यिनले बहुदलेलाई कज्याएको इतिहास साक्षी छ । तर नवौं स्मृति दिवसमा देउवाले जसरी सुवथाको गुणगान गरे त्यो देख्दा यस्तो लाग्यो कि काङ्ग्रेसभित्र विराजमान हिन्दुवादी, राजावादी तप्का अब बलियो भइसकेको छ । आज सूर्यबहादुर थापाको स्तुतिगान गर्नेहरूले भोलि ज्ञानेन्द्र वीर विक्रम शाहको गुणगान गर्ने छैनन् भनेर कसरी विश्वास गर्ने ? हिजो काङ्ग्रेसको खेत बाँझो बनाएर राजाको अक्षम प्रधानमन्त्री बनेका देउवाबाट भविष्यमा राजा महाराजाको गुणगान गर्न के बेर ?

भनिन्छ, हिजो पञ्चायतकालमा राजाको हुकुम, हुकुमबाजीबाट चलेको यो मुलुक अहिले गणतन्त्रवादीहरूको हैकमवादी प्रवृत्तिबाट आजित र खुलेरै भन्ने हो भने छुटकारा नै चाहन्छन् । राजावादी र गणतन्त्रवादीहरूको असली नक्कली चेहरा छुट्याउन अब गा-हो छैन । बस ‘गोरे गोरे मुखडे पे काला काला चश्मा’को मात्रै फरक रहेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here