ह्वाट्सएप तुरुन्तै म्यासेज गर्न सकिने एप हो, जसको प्रयोग करोडौं व्यक्तिले गर्छन् । यसबाट अडियो, भिडियो कल पनि गर्न सकिन्छ तथा फाइल पनि शेयर गर्न सकिन्छ । ह्वाट्सएपले पनि समयसमयमा प्रयोगकर्ताहरूको लागि नयाँ–नयाँ फिचर्सहरू ल्याउने गरेको छ, त्यसैमध्ये एउटा हो लक्ड च्याट ।

यस फिचरको मदतबाट आफ्नो च्याटलाई लक मात्र होइन हाइड (लुकाउन) पनि गर्न सकिन्छ । अर्थात् अन्य कसैले तपाईंको स्मार्टफोन प्रयोग गरिरहेको छ भने उसले तपाईंको निजी च्याट हेर्न सक्दैन । यसको लागि ह्वाट्सएपको स्क्रिनको माथि स्क्रोल गर्नुपर्छ र त्यहाँ लक्ड च्याटको फोल्डर देखिन्छ । तर यो फोल्डर जोसुकैले सजिलै थाहा पाउने भएकोले ह्वाट्सएपले लक्ड च्याट फोल्डरलाई पनि सिक्रेट कोड राखेर लुकाउने फिर्चर्स दिएको छ । यो निकै सजिलो छ र यसबारे कसैले थाहा पनि पाउन सक्दैन ।

लक च्याट फोल्डरलाई हाइड गर्ने तरीका

सबैभन्दा पहिले स्मार्ट ह्वाट्सएप खोल्नुहोस्, त्यसपछि कुनै पनि च्याटलाई लक गर्नुहोस् । अब लक्ड च्याट फोल्डरलाई खोल्नुहोस् । स्क्रिनको माथि दायाँ कुनामा तीनवटा बिन्दुमाथि क्लिक गर्नुहोस् । त्यसपछि च्याट लक सेटिङ अप्सनमा क्लिक गर्नुहोस् । यहाँ सिक्रेट कोड अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि कुनै एउटा सिक्रेट कोड बनाउनुहोस् । त्यसपछि नेक्स्ट अप्सनमा क्लिक गर्नुहोस् र कन्फर्म गर्नको लागि पुनः त्यही कोड राख्नुहोस् । त्यसपछि हाइड लक्ड च्याट अप्सनलाई अन गरिदिनुहोस् ।

लक्ड च्याट फोल्डर हाइड हुन्छ । अब लुकेको यस च्याट फोल्डरलाई खोल्न चाहनुहुन्छ भने सर्चबारमा आफ्नो सिक्रेट कोड राख्नुहोस् । त्यसपछि हाइड भएको लक्ड च्याट फोल्डर खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here