परिवार हाम्रो जीवनको अभिन्न अङ्ग हो । परिवारका सदस्यहरूसँग हाम्रो गहिरो सम्बन्ध हुन्छ । तर कहिलेकाहीं घरको माहोल तनावपूर्ण हुन्छ । यस तनावले हाम्रो मानसिक स्वास्थ्यमाथि पनि असर पार्छ । मातापिता, भाइबहिनी, जीवनसाथी आदिसँग तनाव भएपछि हाम्रो मानसिक सन्तुलन बिग्रिन सक्छ । तनावले हाम्रो शरीरमा धेरै नोक्सान पु-याउँछ । यसले मुटुको स्वास्थ्य, रक्तचाप प्रतिरक्षा प्रणाली, पाचनतन्त्र र मानसिक स्वास्थ्य प्रभावित गर्न सक्छ । तनावको कारण एन्जाइटी, डिप्रेशन र निद्रा नलाग्ने समस्या पनि हुन्छ ।
पारिवारिक कलहले मानसिक स्वास्थ्यमाथि पार्ने प्रभाव–
नकारात्मक माहोलः लगातार झगडा, तनावपूर्ण माहोल र इमोशनल दूरीले व्यक्तिलाई एक्लोपन र असुरक्षाको अनुभव गराउन सक्छ ।
आत्मसम्मानमा कमीः परिवारबाट अपेक्षित समर्थन नपाएपछि र वा लगातार गम्भीर व्यवहारले तपाईंको आत्मसम्मानलाई कमजोर बनाउँछ ।
असुविधाजनक वातावरणः घरमा तनावपूर्ण माहोल भएपछि व्यक्तिलाई शान्ति र आराम अनुभव हुँदैन । जुन मानसिक थकानको कारण बन्छ ।
खुलेर कुराकानीः परिवारका सदस्यबीच खुलेर कुराकानी गर्दा समस्या सुल्झाउन सकिन्छ । आफ्नो भावनालाई इमानदारीपूर्वक व्यक्त गर्ने र अरूको कुरालाई ध्यानपूर्वक सुन्नुपर्छ ।
समस्याको समाधान खोज्नुस्ः क्रोधको सट्टा शान्त दिमागले मिलेर बसौं र समस्याको समाधान खोज्ने प्रयास गरौं । एकअर्काको आवश्यकतालाई बुझौ सम्मानजनक व्यवहार बनाऔं ।
विज्ञको मदतः यदि पारिवारिक सम्बन्धमा सुधार ल्याउन कठिनाइ भइरहेको छ भने कुनै पारिवारिक चिकित्सकसँग मदत लिन सङ्कोच नगरौं । विज्ञको मदतबाट सकारात्मक कुराकानी र समस्या समाधानको लागि मार्गदर्शन प्राप्त गर्न सकिन्छ ।
आफ्नो मानसिक स्वास्थ्यको ख्याल
आत्महेरचाहः पर्याप्त निद्रा, सन्तुलित आहार, व्यायाम, ध्यान गर्ने बानी अँगालेर आप्mनो मानसिक स्वास्थ्यको हेरचाह गरौं ।
सकारात्मक व्यक्तिः सकारात्मक सोच राख्ने व्यक्तिसँग मित्रता गाँसौ, सम्बन्ध बनाऔं र समय बिताऔं ।
मनपर्ने काम गरौंः आफ्नो चाहना अनुसार काम गरौं । नयाँ कुरा सिक्ने प्रयास गरौं, मनोरञ्जनात्मक कार्य गर्दा तनाव कम हुन्छ ।
यो याद राख्न जरुरी हुन्छ कि पारिवारिक सम्बन्ध मजबूत भएपछि खुशी मात्र पाइँदैन, मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । सकारात्मक कुराकानी, आपसी सम्मान र समस्याको समाधान मिलेर खोज्दा सम्बन्ध मजबूत बन्छ र मानसिक सुख कायम गर्न मदत पुग्छ ।