काठमाडौं, १४ फागुन/रासस
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

वरिष्ठ नेता महतोले आज यहाँ पत्रकार सम्मेलन गरी औपचारिकरूपमा सो पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्यागसँगै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

केही समयदेखि लोसपा नेतृत्वसँग असन्तुष्ट रहँदै आएका नेता महतोले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागसहित औपचारिकरूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा पनि गरेका थिए ।

नेता महतोले आफूले आज घोषणा गरेको अभियान, सङ्घर्ष र विद्रोहका रूपमा अगाडि बढ्ने पनि बताए । आफूले लोसपा परित्याग गरे पनि उक्त क्रान्तिमार्फत राजनीतिमा सक्रिय रहने उनको भनाइ थियो ।

पार्टी परित्याग गर्नुपर्ने कारणबारे उनले भने–“जुन आशा र अपेक्षा अनुसार हामीले लोसपाको विकास गर्न खोजेका थियौं, त्यसरी सो पार्टीले मुलुकलाई निकास दिन सक्ने अवस्था देखिएन । मधेस र समग्र देशका नागरिकका अपेक्षा अनुसार सो पार्टीले काम गर्न सकेन । त्यसैले मैले पार्टी परित्याग गरेर नयाँ क्रान्तिको शुरूआत गरेको हुँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here