• कुमारबन्धु रुपाखेती
भारतीयहरूले नेपाली बौद्धिक समाजलाई अझैसम्म स्वाँठ, बज्रस्वाँठ ठान्दा रहेछन् भन्ने छनक अस्ति मैले मितेरीपुलमा देखें । शान्ति पदयात्राको नाममा भारतका अभियन्ता भनिने राजगोपाल पिभी ठूलै लावालस्कर र तामझामसहित नेपाल प्रवेश गरेका थिए । उनीहरूले शान्ति पदयात्रामा राखेका र बोकेका तुल, ब्यानर मलाई ‘तारक मेहताका उल्टा चश्मा’ वाला बेतुका, वाहियात, टाइमपास सिरियलझैं लाग्यो । उनीहरूले बोकेको तुल ब्यानरमा गाँधीदेखि बुद्धसम्म लेखिएको थियो । तर लेखिनुपर्ने चाहिं बुद्धदेखि गाँधीसम्म हुनुपर्ने मेरो जिकिर छ । बुद्ध त गाँधीभन्दा शताब्दीऔं पुराना र श्रेष्ठ थिए । बुद्धको स्थान त संसारमा भगवान्झैं छ । अनि बुद्धदेखि गाँधीसम्म लेख्नुको साटो इतिहासलाई चुनौती दिंदै नेपालीहरूको भावनामा ठेस पु-याउँदै उपहास गर्दै कसले किन गाँधीदेखि बुद्धसम्म भन्ने फजुल तुल ब्यानर बनायो ? गाँधीदेखि बुद्धसम्म लेखिएको त्यो झन्डामुन्डामा बुद्धदेखि गाँधीसम्म लेखिनुपर्छ भन्ने मेरो विचार हो ।
नेपालको तर्फबाट यी शान्ति पद यात्रीलाई स्वागत गर्न पुगेको टोलीलाई त म इतिहास नबुझेको अथवा बुझ पचाउन खप्पिसहरूको झुन्ड भन्छु । किनकि यताबाट स्वागतमा जाने लालबुझक्कडहरूले यस्तो गहन र संवेदनशील विषयमा किन लाटोकोसेरो बने । लाटोकोसेरोले दिउँसो आँखा देख्दैन । अचेल त नेपालमा जुनसुकै काम पनि कोही हकदार नभएको अपुताली ठानेर ढिंढोरा पिट्ने चलन छ । अर्को स्मरणीय कुरा के छ भने अभियन्ताजीको स्वागतार्थ बोकिएका तुल ब्यानरमा गाँधीको बडेमानको तस्वीर अङ्कित छ भने बुद्धको तस्वीर एकदमै सानो छ । यो शान्ति पदयात्रा हो कि गाँधी पदयात्रा हो, भ्रममा पारिएको छ । गाँधी या जोसुकैको आड लिएर बुद्धलाई होच्याउन पाइँदैन । ‘बिकज बुद्ध वाज बोर्न इन नेपाल ।’ त्यस्तै, त्यहाँ बुद्ध र गाँधीलाई अशोभनीय किसिमले दाँजे वक्ताहरूले । गाँधीलाई त म बुद्धको शिष्यसमेत ठान्दिनँ । बुद्धबारे त बकवास नै गरे केहीले । गौतम बुद्ध शान्तिको खोजमा घोडा चढेर तिलौराकोटको बाटो भारत पसेको जगजाहेर इतिहासलाई झुठल्याउँदै एकजना उपबु्रजुकले ठोरीको दक्षिण–पश्चिम पर्ने भारतको रामपूर्वा भन्ने स्थानबाट भारत पसेको भन्दै सबलाई चकित बनाउँदै आप्mनो विद्वता प्रदर्शन गरे । के यसरी इतिहासलाई तोडमरोड गर्न र बुद्धभन्दा गाँधी श्रेष्ठ, सर्वश्रेष्ठ देखाउन पाइन्छ र ? नेपाली समाजलाई लठेब्रो र लाटोबुङ्ग्रो ठान्ने आफूलाई उपबुज्रुक ठान्ने नेपालीहरूको उपद्रव चरित्र देख्दा मलाई आपैंm बसेको रूखको हाँगा काट्ने कालिदासको याद आउँछ । त्यसो त आफूलाई जान्नेबुझ्ने ठान्नेहरू चिल्लर कुरा गरेर आफैं तल झरेको पत्तै पाउँदैनन् ।
मेरा काबिल दोस्तहरूको वायुपङ्खी उडान कहिले कता खस्छ ? दैवले नै जानून् । काकताली परेर कोही इतिहासको जानकार भएको छ र ? गुलजारको शायरी एउटा यस्तो पनि छ–
कहनेवालोका कुछ नहीं जाता,
सहनेवाले कमाल करते है,
कौन ढुढे जवाब दर्दोका
लोग तो बस सवाल करते है ।
भनिन्छ नि, विष पिएर पनि शङ्कर महादेव भए, अनि अमृतपान गरेर पनि राहु–केतु असुर नै रहे । चन्द्रले त किशोर अवस्थादेखि नै ठण्डक दिन्छ ? नेपालीमा एउटा चर्चित लोकप्रिय गीतले भन्छ– भन्ने कुरा कति थियो, छातीभित्रै रह्यो …। त्यसैले दहीको रायता नबनाउन र लालबुझक्कड बन्नुको सट्टा कतै–कतै पढ्ने, बुझ्ने बानी बसाल्नु पनि श्रेयकर हुन्छ । नत्र,
मै अकेला ही चली थी, जिन्दगीकी दही जमाने …
रास्तेमे कुछ पागल मिल गए और
जिन्दगी रायता बन गया ।
भन्नुपर्छ ।
बुद्धदेखि गाँधीसम्म शीर्षक सिर्जना गर्नुपर्छ । म झुक्दै नझुक्ने नेपालको छोरो ।