अमेरिकामा एउटा अर्काे महामारीको त्रास मडारिरहेको छ । ओरेगन राज्यका अधिकारी अनुसार एकजना व्यक्तिमा बुबोनिक प्लेगको दुर्लभ मामिला देखिएको छ । यो ब्याक्टेरिया पालुवा बिरालोबाट सो व्यक्तिमा सरेको हो । डेसच्युटस काउन्टीका स्वास्थ्य अधिकारी डा रिचर्ड फसेटले पछिल्लो साता रोगीको बारेमा बताउँदै भने– त्यस व्यक्ति र उनका पालुवा जनावर तथा नजीकका व्यक्तिसँग सम्पर्क ग-यौं र बिमारी रोक्न औषधि दिएका छौं ।
यस प्लेगलाई ब्ल्याक डेथ पनि भनिन्छ । जसले मध्ययुगको दौरान युरोपको एक तिहाई आबादीलाई मारेको थियो । १४औं शताब्दीमा यो ब्ल्याक डेथ युरोपमा फैलिएको थियो । मानव इतिहासको सबैभन्दा घातक महामारीमध्ये पाँच करोडभन्दा बढी व्यक्ति मारिएका थिए । यद्यपि त्यसपछि यस ब्याक्टेरियाको मामिला शुन्य भएको थियो । अब यसको उपचार पनि गर्न सकिन्छ तर पनि अधिकारीहरूको सशङ्कित छन् र यसलाई अत्यन्त खतरनाक मानेका छन् ।
बुबोनिक प्लेगको लक्षणः अधिकारीका अनुसार मनुष्यमा यस प्लेगको लक्षण कुनै सङ्क्रमित जनावर वा पशुको सम्पर्कमा आएको आठ दिनपछि देखिन्छ । ज्वरो आउने, बान्ता लाग्ने, कमजोरी हुने, चीसो लाग्ने, मांसपेशी दुखाई आदि यसको लक्षण हुनसक्छ । समयमा उपचार गरिएन भने बुबोनिक प्लेग, सेफ्टीकेमिक प्लेग, रक्त प्रवाहमा सङ्क्रमण वा न्युमोनिक प्लेगमा परिणत हुनसक्छ जसबाट फोक्सोमा गम्भीर क्षति पुग्छ ।
एउटा बयानमा भनिएको छ– सौभाग्यले रोगीको पहिचान रोगको प्रारम्भिक लक्षणमै गरियो र यसको उपचार पनि भयो जसबाट अब समुदायमा कुनै खतरा छैन । ओरेगन स्वास्थ्य प्राधिकरणले भनेको छ, सो क्षेत्रमा प्लेग दुर्लभ हो । अन्तिम मामिला सन् २०१५ मा रिपोर्ट गरिएको थियो ।