• कुमारबन्धु रुपाखेती

केही समय अघिसम्म नेपाल एकीकरणका हिरो पृथ्वीनारायण शाहलाई खलनायकी आँखाले हेर्ने गणतन्त्रवादीहरूको व्यवहारमा परिवर्तन देखिन थालेको छ र यसको श्रेय राजावादीहरूलाई जान्छ होला । २४० वर्षसम्म खस शासकहरूले नेपाललाई बन्धक बनाए भन्दै आँखा, नाक, मुख खुम्च्याउने सानो समूहसमेत अहिले रनभुल्लमा परेको छ । स्व राजा महेन्द्रको कारनामा सम्झिएर पुस महीनालाई कालरात्रि ठान्दै झस्किएर सतर्क बस्ने राजनीतिक दलहरू नेपालमा अझै सक्रिय छन् । आजभन्दा ६३ वर्ष अघि २०१७ साल पुस १ गते राजाले कडा कदम चालेका थिए ।

पृथ्वीनारायण विस्तारवादी थिए, तनाशाह थिए, विपक्षीको नाक–कान काटिदिन्थे । अदबमा नबस्नेहरूलाई तरबारले छप्काइदिन्थे भन्नेहरू अचेल उनलाई बहादुर, वीरताको प्रतीक, ग्रेटर नेपालको सूत्रधार, अङ्ग्रेजलाई पराजित गर्ने पराक्रमी राजा भन्दै नानाथरीका पूजनीय गाथा गाउन थालेका छन् । गणतन्त्रवादीहरूको यस्तो परिवर्तनलाई हामीले ‘देर आयद दुरूस्त आयद’ अथवा घैंटोमा घाम लाग्न थालेको अनुभव गर्न थालेका छौं । अचेल पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस भन्दै सरकारी बिदा दिन थालिएको तथा पृथ्वीजयन्तीका दिन अछुत मानिने राप्रपाजस्तो राजावादी दलहरूको चियापान कार्यक्रममा प्रचण्ड, देउवा, ओलीहरूको सवारी चल्न थालेको, भलाकुसारी हुन थालेको देख्दा मलाई ‘लौट के बुद्धु घरको आए’ जस्तै भान हुन थालेको छ । दानवत्वबाट देवत्वमा परिवर्तन भएका पृथ्वीनारायणलाई मेरो पनि कोटी–कोटी नमस्कार छ । यसपाली पृथ्वीजयन्तीलाई गुलजार बनाउने सरकारी नीतिको सराहना गर्नैपर्छ । छेकेर छेकिन्नन् हिमालयका टाकुराहरू भनेकै यही हो । यो ३०२औं पृथ्वी जयन्ती हो ।

पृथ्वीनारायण शाहजस्ता ऐतिहासिक राजाको देहावसान विसं १८३१ मा भएको थियो । तर ऐतिहासिक दस्तावेजहरूमा उनका मृत्युबारे फरक–फरक कारण देखाइएका छन् । नुवाकोट शिकार खेल्न गएका बखत एकाएक सिकिस्त बिरामी परे, परलोक भए । कसैले भन्छन् जीउभरि फोका आयो, ज्वरो आएर थला परे । अर्काेथरी भन्छन्– शिकारमा भीमकाय बाघले आक्रमण गरेर उनको इहलीला समाप्त भयो । त्यस्तै भारतका एक इतिहासवेत्ताको ‘कहानी नेपालका’मा ‘शेर की आक्रमण से घायल और मृत्यु’ भनेर उल्लेख छ । कतिपयले प्रख्यात र पराक्रमी राजाको रहस्यमय मृत्यु पनि भन्छन् । जे होस् मृत्युका बखत उनी ५१ वर्षका थिए । त्यसैले उनको मृत्युको खबर सुनेर गोर्खाका उनका प्रजाहरूले असल र कुशल मान्छेलाई भगवानले चाँडै डाक्छन् भन्थे रे !

पृथ्वीनारायण शाहले सधैं किन चोर औला ठाडो पार्थे भन्ने कारण अझै पत्ता लागेको छैन । त्यस्तै पृथ्वीनारायण शाहको वर्तमान सबै तस्वीरहरू कल्पनामा कोरिएका हुन् रे । यो सत्य हो कि उनी जुँगाका शौखिन थिए र जुँगा पाल्थे उनले जीवित हुँदा आप्mनो आदमकद मूर्ति बनाएर ठड्याएका थिए र त्यति बेलाको शिल्पकारले उनको हुबहु चित्र उतार गरेको थियो । त्यही एकमात्र मूर्ति उनको अनुहारसँग मेल खान्छ रे । शायद त्यो उनको विशाल मूर्ति अझै पनि गोर्खा अथवा नुवाकोटतिर रहेको अनुमान गरिन्छ । सुन्नेलाई सुनको माला भन्नेलाई पूmलको माला यो कथा बैकुण्ठ जाला ।

साधु कि सवादु
लिटिल बुद्ध भनिने हलखोरिया बाराका रामबहादुर बमजन अचेल चर्चामा छन् । प्रहरीले करीब पाँच वर्षे प्रयासपछि उनलाई पक्राउ गरेको छ । भारतका कुख्यात सन्त, महन्थ आशाराम बापू, रामरहिम आदिका पदचिह्नमा हिंडेका बमजन पनि आश्रम खोल्ने, लुटखसोट गर्ने र विभिन्न खाले अपराध कर्ममा लिप्त भएको कुरा प्रहरीले बताउँछ । लाखौं अन्धभक्त बनाएका भारतका आशाराम बापू र रामरहिमहरू पर्दापछाडि धर्मको नाममा लुकीछिपी गर्ने दुष्कार्यमा संलिप्त भएको आशङ्कामा आश्रमबाट सोझै जेलको हावा खान पुगे । हाम्रा बमजनले त सानै उमेरमा पापको वैतरणीमा छलाङ लगाएको देखिन्छ । १६ वर्षको उमेरमा घर छाडेर गौतम बुद्ध स्टाइलमा वनमा शान्तिको खोजमा तपस्या गर्न हिंडेका यी तपस्वीलाई हेर्न एकताका मान्छेहरू जङ्गल जङ्गल चहार्थे ।

त्यतिखेर बिबिसी, नेशनल जियोग्राफीजस्ता च्यानलहरूका लागि यिनी हटकेक साबित भएका थिए । कसैले इनमा लिटिल बुद्ध देखे । कसैले सच्चा सन्न्यासी र तपस्वीको तक्मा भिराइदिए । जियोग्राफी च्यानलले त उनको जीवनमा आधारित ब्वायबुद्ध भन्ने डकुमेन्ट्री नै बनाएर दुनियाँसामु प्रस्तुत ग¥यो । तर अहिले ‘खोदा पहाड निकला चुहा’ भनेझै यी साधु होइन सवादु प्रमाणित भइरहेको देखिन्छ र नेपालका प्रख्यात स्वामी विकासानन्दले त शुरूआतमा बमजनले सच्चा तपस्वी बन्न खोजेको तपस्वीको नामले देश दुनियाँमा नेपालको पहिचान गराएको तर सरकारले त्यसबाट फाइदा लिन चुकेको र अन्त्यमा संसारभर आप्mनो नाम चुलिंदै गएपछि बमजनको मन बहकिएको नकारात्मक सोच बढ्दै गएको र अन्त्यमा पापको दुनियाँमा कदम बढाएको बताउँछन् । सरकार चुकेकै हो शुरूआतमा बमजनको ख्याति भजाउन र संरक्षण गर्न नसकेको गलत तŒवले बमजनको अनुचित प्रयोग गरेको र अहिले उनी यो हविगतमा पुगेको स्विकार्छन् । विकासानन्द गढीमाई बलि रोक्न सक्रिय हुन्छु भन्ने बमजनमा अहिले मान्छे बलि दिएको (हत्या गरेको) जघन्य अपराध गरेकोसमेत आरोप छ । तपस्वीबाट सुकुलगुन्डा बनेका यी छोटे बुद्धको वर्तमान जीवनशैली कुनै धनाढ्यभन्दा कम देखिंदैन । यिनको आश्रमहरूमा आनीहरू हराएको, पचासौं बिघामा पैmलिएको विशाल आश्रमहरूको सङ्ख्या करीब आधा दर्जन रहेको, यौन शोषण गरेका जस्ता गन्दा धन्दाहरूको पर्दाफाश हुने क्रम जारी छ । भनिन्छ तिलिस्मी कुरा गरेर जाँच अधिकारीहरूलाई अचम्भित पार्ने खेल पनि यी लिटिल बुद्धबाट लिटिल गुन्डामा परिणत भएका बमजनलाई थाहा छ रे । गुमराह कुरा गर्न यिनलाई महारत प्राप्त छ रे । नेपाल हो, यहाँ कुरा बिग्रिन र कुरा सप्रिन टाइम लाग्दैन । एनसेलझैं बिजुली महसूल नतिर्ने व्यापारीहरूको जीत भएको छ । बिजुलीमा पनि एनसेलझैं ‘महादेवको तीन नेत्र खुलेको’ चर्चा छ । अर्थात् पैसा देखेपछि महादेवको सबै नेत्र खुलेझै ‘पैसा फेको तमाशा देखो’ सफल भयो रे । त्यसैगरी बमजनलाई पनि लिटिल बुद्ध नै साबित गरिदिए, कसको बाउको के जान्छ र ? खातका खात, रासका रास पैसा त बमजनको घरमा पनि त छ नि ? भगवानलाई हतकडी भन्ने पनि त छ नि ? दिनभर भैया, रातभर सैंया गर्ने महन्थहरू थुप्रै छन् ।

विवादमा अयोध्याको राम मन्दिर
कुनै बेला नेपालका ओलीले भारतका मोदीलाई ४४० भोल्टको झट्का दिंदै राम नेपालको ठोडीतिरको भन्दै ताल ठोकेका थिए । अचेल अयोध्याको राम मन्दिरको चर्चा मोदीहरूले चारैतिर देश–विदेशमा गराएको देखिन्छ । भाजपायी चुनावी अस्त्रको रूपमा बहुप्रचारित यो मन्दिरको पहिलो गाँसमैं ढुङ्गा परेको छ । सम्पूर्ण निर्माण समाप्त नभई कुनै पनि मन्दिरमा भगवान्को प्राण प्रतिष्ठाको कार्य गर्नु हिन्दू सनातनी धर्मले मिल्दैन र यस्तो धर्मविपरीत उद्घाटन कार्यक्रममा हिन्दू गुरु भएकाले म उपस्थित हुनु भनेको हिन्दू धर्मको अपमानसरह भएकोले यो अपूरो अधूरो कार्यक्रममा म उपस्थित हुन्न भनेर शङ्कराचार्यले घोषणा गरेपछि धर्मलाई बन्धक बनाएर चुनावमा होमिने भाजपायी धूपौरेहरूको ओठ–मुख सुकेको छ । शङ्कराचार्यको निर्णयमा चार चाँद लगाउँदै सुनमा सुगन्ध थप्दै भाजपाविरोधी दर्जनौं राजनैतिक दलहरूसमेत पूर्ण निर्माण कार्य सम्पन्न नभएको, अधूरो निर्माण र निर्माणाधीन राम मन्दिरको उद्घाटनमा सरिक नहुने घोषणा गरेपछि ‘राम नाम जपना, पराया माल अपना’ ठान्नेहरू वाल्लजिल्ल परेका छन् । ‘देखो ओ दिवानों, ऐसा काम ना करो, रामका नाम बदनाम ना करो’ भन्ने गीत विपक्षी दलहरूले चुनावी अभियानमा जोरशोरले बजाउने भएका छन् । विवादले राममन्दिरको प्रसिद्धिमा दाग मात्र लगाएको छैन, अद्र्धनिर्मित राम मन्दिरबारे भारतीय राजनीति र हिन्दू धर्मावलम्बीहरू दुर्ई कित्तामा बाँडिएका छन् । ‘अपना काम बनता, भाँड में जाए जनता’ भाजपाको मूलमन्त्र यसपटक बेअसर साबित भएको देखिन्छ । वास्तवमा अयोध्याको राममन्दिरमा अहिले भाजपाले धार्मिकको सट्टा राजनैतिक कार्य धडल्लेले गरिरहेको सत्य नै हो । अद्र्धनिर्मित मन्दिरमा र मन्दिर परिसरमा साधुबाबा, सन्त, महन्थको सट्टा दिल्ली दरबारका अरौटेभरौटेहरूको जमघट बाक्लो देखिन्छ । त्यहाँ धर्मका दूतभन्दा दिल्लीका दूतहरू हर्ताकर्ता बनेका छन् । ‘खोपीका देवता बनाइएका’ थुप्रै सन्त, महन्तलाई यो चलखेल मन परेको छैन । स्मरणीय छ भारत एउटा यस्तो अचम्मको मुलुक हो जहाँ साधु, साध्वीहरूले समेत बेझिझक राजनीति गर्छन् । त्यसैको फलस्वरूप राममन्दिर पूर्ण हुनु अघि नै त्यहाँको राजनीतिले धूमिल बनाउने सम्भावनालाई नकार्न सकिंदैन । भारत एउटा यस्तो अचम्मको देश हो जहाँ रावणलाई पनि पुजिन्छ । गोड्सेलाई त भाजपाले आदर्श मान्छ । गोड्से राष्ट्रपिता गाँधीका हत्यारा हुन् । त्यसो त नेपालबाट समेत सीताको माइतीपक्ष भन्दै लाखौंको सन्देश कोसेली अयोध्या पठाइएको छ । बहती गङ्गामा सबैले हात धुन खोज्छन् । जानकी मन्दिर जनकपुरधामले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग अयोध्या सनेश पठाउन भन्दै रु ५० लाख मागेको थियो र विभिन्न सरकारी अप्ठ्यारा र अड्चन भन्दै मुख्यमन्त्रीले रकम दिन सकेनन् । हाम्रै वीरगंजमा पनि विद्युत् प्राधिकरणको आदेशविना जथाभावी हुकिङ गर्दै सडकभरि थुप्रै बिजुली बत्ती जडान गर्ने, बाल्ने र अयोध्याको राममन्दिर उद्घाटनका दिन वीरगंजलाई दुलहीझै सिंगार्ने होड चलेको छ । धर्मभिरुता र आस्था दुर्ई अलग–अलग चीज हुन् । अहिलेको आधुनिक युगमा पुष्पक विमान, वायुपङ्खी घोडा, रावणको दश शिर छेदन, बाली–सुग्रीमको झगडा, हनुमानको लक्ष्मणबुटी, खोलामा पानीमा नडुब्ने पत्थर आदिको वास्तविकता त्यो जमानामा जे होला तर अचेल यस्ता कथा कहानीहरू केटाकेटीहरू चटकारा लिएर सुन्छन् । त्यही भारतमा एकताका जय सन्तोषी माँ भन्ने सिनेमाले तहलका मचाएको थियो अनि महाभारत र रामायणजस्ता सिरियलले बूढाबूढीहरूको निंद हराम गरेकै थियो ।
जय सीताराम, जय श्रीराम !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here