• कुमारबन्धु रुपाखेती

औषधि पसलमा औषधि, कपडा पसलमा कपडा र पत्रिका पसलमा पत्रिकाहरू सजाएर झुन्ड्याएर राखेको देखिन्छ । तर के तपाईंले रुपियाँको पसल देख्नुभएको छ ? देख्नुभएको छैन भने सीमा क्षेत्रको रक्सौल जानुस् त्यहाँ सडकको छेउ अथवा फुटपाथमा रुपियाँको पसल देख्नुहुन्छ जहाँ नेपाली र भारतीय रुपियाँँ तगिंयाएर राखिएको हुन्छ । रक्सलमा भारु र नेरु अदलबदल गर्ने अधिकृत वा वैध सटही काउन्टर नभएकोले स्थानीय प्रशासनको मिलीभगतमा केही बाहुबली प्रवृत्तिका मान्छेहरूले मनपर्दाे बट्टा (कमिशन) लिएर रुपियाँँ अदलाबदली गर्छन् । पर्यटन, धार्मिक र औषधि उपचार गर्ने भारत आउने–जाने नेपालीहरू बाध्यतावश यिनीहरूको शिकार बन्छन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार नेपालमा भारु १०० लिन १६०.१५ तिर्नुपर्छ अर्थात सयकडा १५ पैसा कमिशन दिनुपर्दछ । तर रक्सौलको अवैध सटही गर्नेहरूले भारु १०० रुपियाँको नेरु १५० मात्र दिन्छन् । त्यस्तै नेरु १०० को भारु ६० मात्र दिन्छन् । यसरी बटुवाहरूलाई सटहीको नाममा दिनदहाडै लुट्नेहरूलाई त्यहाँ कारबाईको सट्टा सरोकारवाला निकायले प्रोत्साहन गरेको देखिन्छ । नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर वीरगंजमा वैध काउन्टरहरू सञ्चालनमा छन् । तर यिनले समेत राष्ट्र बैंकको निर्देशनविपरीत बढी बट्टा (कमिशन) लिएर रक्सौलका अवैध सटही काउन्टरसरह लुटपाट गरिरहेका छन् । फरक यही हो कि वीरगंजमा सटही काउन्टरको इजाजतप्राप्त बोर्ड झुन्डाएर सटर, कवल भाडामा लिएर, बाइज्जत सञ्चालनमा छन् भने अवैध भए पनि रक्सौलमा खुला आकाशमुनि टेबुल र खाटमा खुला सडकमा यस्तो अवैध काउन्टर सञ्चालनमा छ । वीरगंजमा राष्ट्र बैंकको इजाजत लिएर करीब एक दर्जन सटही काउन्टर सञ्चालनमा छन् भने रक्सौलका सडकमा करीब ४ दर्जन जति यस्ता सडकछाप काउन्टर बेधडक चलिरहेका छन् । नेपालका अधिकांश सीमा क्षेत्रमा भारतीयहरूले यस्तो रुपियाँँको अवैध पसल निर्धक्क चलाएको देखिन्छ । नेपालमा भने राष्ट्र बैंक आफैंले सटही काउन्टर सञ्चालन गरेको देखिन्छ । अन्य केही वाणिज्य बैंकहरू समेतले सरकारी सहुलियत दररेटमा रुपियाँँ अदलाबदली गर्ने सटही काउन्टर खोलेका छन् । भनिन्छ दैनिक करीब १५ हजार मान्छे कामको सिलसिलामा मैत्रीपुल वारपार गरिरहन्छन् । रक्सौल र वीरगंजका ठूला व्यापारीहरूले रक्सौलको सटही ठगीधन्दा कन्ट्रोल गर्न रक्सौलमा वैध बैंक सटही काउन्टर सञ्चालन गरेर नेपाली र भारतीय यात्रीहरूलाई दिनदहाडै हुने यस्ता ठगैतीबाट बचाउन अनुरोध गर्दासमेत रिजर्भ बैंक अफ इन्डियाले वास्ता गरेको छैन रे । अरू त अरू अस्ति मोदी अयोध्या (रामनगरी) आउँदा समेत सीमा क्षेत्रको यो जल्दोबल्दो समस्याबारे अवगत गराउँदै शीघ्र समाधान गर्न आग्रह गरेछन् । आशा गरौं मोदीले यसमा लगाम लगाउँँदै वैध सटही काउन्टर रक्सौलमा खोल्न निर्देशन दिनेछन् ।

सटही एउटा सुविधा हो तर सुविधाको नाममा लुटको व्यापार फस्टाएको छ । रक्सौलका यस्ता फर्जी सटही पसल खोल्नेहरूले ग्राहकहरूलाई लोभ्याउन नजाने कताबाट हो नयाँ–नयाँ नोटको गड्डी अगाडि राखेर बस्छन् । स्मरणीय छ भारत नक्कली करेन्सीले पीडित संसारकै नम्बर वन मुलुक हो । यस्ता अवैध कारोबारीले त्यसमा मलजल नगर्लान् भन्ने के भर ?

सीमा क्षेत्र भारतमा सञ्चालित यस्ता काउन्टरहरूबाट ठूलो सङ्ख्यामा नेपालीहरू नै ठगिने जानकारहरू बताउँछन् । यस्ता अनाधिकृत कारोबारीलाई भारतीयहरूले सटही काउन्टर सम्बोधन गर्दा अचम्म लाग्छ । खुला सडकमा रुपियाँँको पसल खोल्ने यस्ताु दुर्लभ दृश्य संसारमा कतै देख्न पाइँदैन सिवाय भारतमा । भनिन्छ रुपियाँँको अवैध कारोबार गर्ने यस्ता रुपियाँको पसलमा दैनिक झन्डै एक अर्बको साटफेर हुन्छ रे । प्रश्न उठ्छ कि यस्ता भारतीय कारोबारीहरूले नेपालीहरूसँग साटेको करोडौं नेपाली रुपियाँँ आखिर कहाँ खपत गर्छन् ? किनभने भारतीय बैंकले नेपाली रुपियाँँ जम्मा नै गर्दैन । रक्सौंलको प्रचलित सटही रेट ग्राहक हेरेर रु ५ देखि १० सयकडा निर्धारित छ । भनिन्छ रक्सौलमा सञ्चालित यस्ता कतिपय काउन्टरहरू रोजाना आम्दानी अत्यधिक भएकाले साहु महाजनसँग महँगो ऋण सापटी लिएर चलाउँछन् र कहिलेकाहीं मौका पर्दा दम्पच गर्ने नियतले भाग्दा पनि रहेछन् । यस्ता थुप्रै केस छन् ।

नेपाल–भारत आवतजावतमा कुनै रोकटोक नभएकोले दुवै देशका सरकारले नागरिकको यस्तो ठगी रोक्न पहल गर्न जरूरी देखिन्छ । रक्सौल भई भारतको अन्य क्षेत्रमा जानेले त्यहाँ मोटो रकम साट्दा खतराको पनि सामना गर्नुपर्दाे रहेछ । यस्ता अवैध धन्दा गर्ने काउन्टर वरपर जाली, फटाहा, लुच्चा र पाकेटमारहरू, कसले कति सटही ग¥यो कता जाँदैछ भन्ने चियोचर्चाेसमेत गर्दा रहेछन् ।

भनिन्छ वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले भारत सरकारलाई पत्र नै लेखेर रक्सौलमा मनी एक्सचेन्ज काउन्टर खोल्न आग्रह गरेको धेरै भयो रे । नेपाली सीमा टाँसिएर बिहारी त्यस क्षेत्रमा यस्ता सटही काउन्टरको रजगज सहजै देखिन्छ ।

भारतमा अक्सर जाली नोटका कारोबारीहरू समातिएको खबर आइरहन्छ । बेलाबेला भारतले आप्mनो नोटको रङ्ग, रूप र साइजसमेत परिवर्तन गरिरहन्छ । भारतमा अहिले हजारको नोट छैन । चलनचल्तीमा २०००, ५०० का ठूला नोटहरू मात्र छ । ठूला पैसावालाहरूले दैनिक उपभोग्य वस्तुझैं नोट खपत गर्न खातका खात लगाएर लुकाएर गोप्यरूपमा राख्ने, सरकारले छापामारी गरी जफत गर्ने जाली नोटको हल्लीखल्ली आदि भइरहन्छ । नेपालको सीमा क्षेत्र प्रयोग गरेर भारु जाली नोट भारत छिर्छ भन्ने भारतले आफ्नो आड्ढो भैसी बनेको सीमा क्षेत्रको सटहीको जामा पहिरेको ठगैतीलाई किन लगाम नलगाएको ?

नेपालमा समेत राष्ट्र बैंकबाट इजाजत लिएर प्राइभेट निजी स्तरमा सञ्चालित सटही काउन्टरहरू समेतले राष्ट्र बैंकको निर्देशनविपरीत बढी शुल्क लिने गरेको गुनासो सुनिन्छ । नेपालमा अहिले च्याउसरी बैंक, वित्तीय संस्था खुलेका छन् र तिनीहरूलाई नै सटही इजाजत दिएमा निजीहरू (प्राइभेट सटही काउन्टरहरू) निरुत्साहित हुने र जनहित हुने स्पष्ट छ । यहाँ पनि भारुको अकाल परेको बेला निजी सटहीवालाहरूले सयकडा रु ५ सम्म असुल्थे ।

विगतमा यही वीरगंजमा नेपाल बैंकको सटही काउन्टर बिर्तामा, भन्सार परिसरमा थियो, अहिले नदारद छ । यसबारे नेपाल राष्ट्र बैंकलाई घचघच्याउन सकिंदैन र ? नेपालको दूरदराज कुनाबाट भारत जान रक्सौल छिरेका एक नेपाली सबै दुःख बिर्सेर एक टकले नयाँ नोटले सजिएको पसल छक्क परेर हेर्दै गरेको दृश्य मलाई रोचक–घोचक लागेको धेरै दिन भएको छैन । स्मरणीय छ, सबैले देख्नेगरी पशुपति आदर्शनगर वीरगंजमा नेपाल राष्ट्र बैंकको एउटा सटही काउन्टर सञ्चालनमा छ जसले सीमित भारु मात्र सटही गर्छ । बैंकहरूको माउ भनिने राष्ट्र बैंक आफैंले सटही काउन्टर सञ्चालन गर्न सक्छ भने उसका मातहतका वाणिज्य बैंकहरूलाई किन सटही काउन्टर सञ्चालन गर्न निर्देशन दिंदैन ? नेपालका वाणिज्य बैंकहरू सेवामूलकभन्दा नाफामूलक भएकाले होला यिनको गिद्धेनजर त कर्जा, ऋण र ब्याजमा सीमित छ । जय भुँडी भनेको यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here