बादल सरह कुहिरो पनि पानीको वाष्पीकरणबाट बन्छ । सरल भाषामा भन्नुपर्दा पानीबाट निस्किने वाष्प जुन ग्याँसको रूपमा हुन्छ, वायुमण्डलमा बदलावको कारण पानीको ससाना थोपामा बदलिन्छ । र जब यो थोपा घना हुन्छ, त्यसलाई कुहिरो वा शीत भनिन्छ ।
पानीको थोपा कसरी बन्छ ? जल वाष्पीकरण प्रक्रिया समुद्र अथवा कुनै नम भूमिबाट हुन सक्छ । वाष्पीकरण कसरी भइरहेको छ, यो स्थानबाट निर्भर हुन्छ । सबैभन्दा पहिले पानी भापमा बदलिन शुरू हुन्छ, त्यसपछि यो हावामा पुग्छ । र त्यसपछि यो वायुमण्डलमा मौजुद कणहरूसँग मिलेर पानीका ससाना थोपाहरूमा बदलिन्छ ।
कुहिरो कसरी बन्छ ? कुहिरो बन्ने प्रक्रिया बुझ्न संघननलाई बुझ्नुपर्छ । जब जलवाष्प कम तापमानको कारण जलमा परिवर्तन हुन थाल्छ, तब यसलाई संघनन भनिन्छ । चीसोको दिनमा जब तापमान कम हुन्छ, तब वातावरणमा धेरै पानीको थोपा बन्न थाल्छ र घना हुन पुग्छ र कुहिरोमा परिणत हुन्छ ।
कुहिरो जाडोको मौसममा मात्रै किन देखिन्छ ? चीसोको दिनमा तापमान कम हुन्छ र शीत धेरै बन्छ । यसै कारण यस मौसममा कुहिरो धेरै देखिन्छ । तर यसको अर्थ यो होइन कुहिरो जाडोमा मात्र देखिन्छ । कुहिरो हरेक मौसममा देखिन्छ । तर यो चीसो मौसममा बढी बन्छ, यस कारण चीसो मौसममा बढी कुहिरो देखिन्छ । कुहिरो छ प्रकारको हुन्छः
संवहन कुहिरो : यो त्यति बेला बन्छ, जब गरम र नम हावा चीसो र शुष्क हावामाथि भएर गुज्रिन्छ । गरम हावाले चीसो हावाको तुलनामा धेरै नमी सोस्छ, यसैले जब यी दुवै हावा मिल्छन्, तब यसमा मौजुद नमी संघगनित भएर पानीको थोपामा बदलिन्छ र कुहिरो बन्छ ।
विकिरण कुहिरो : यसको निर्माण त्यति बेला हुन्छ, जब पृथ्वीको सतहबाट गर्मी निस्किन्छ र हावा चीसो हुन पुग्छ । राति पृथ्वीको सतहबाट गर्मी निस्किरहन्छ, जसबाट हावा चीसो हुन पुग्छ र कुहिरो बन्छ ।
अगाडिको कुहिरो : यसको निर्माण त्यति बेला हुन्छ, जब कुनै चीसो स्थानमा वर्षा हुन्छ अथवा यो पनि भन्न सकिन्छ, जब अलगअलग तापमान र आद्रता भएका दुर्ई वायुराशि एकापसमा मिल्छन्, तब त्यसमा मौजुद नमी संघनित भएर पानीको थोपामा बदलिन्छ र कुहिरो बन्छ ।
धुन्ध : यो कुहिरो र प्रदूषणको मिश्रण हो, जब कुहिरोमा धूलो, धूवाँ र अन्य प्रदूषक तŒव हुन्छन्, तब यसलाई धुन्ध भनिन्छ । धुन्ध स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।
ढलानवाला कुहिरो : यो कुहिरो त्यति बेला बन्छ, जब कुनै ढलान भएको स्थानबाट माथितर्फ जान्छ । यो कुहिरो साधारणतया पहाडी क्षेत्र, उचाइ भएको ठाउँमा बन्छ ।
भापको कुहिरो : यसलाई आर्कटिक समुद्री धूवाँ पनि भनिन्छ । यसको निर्माण पृथ्वीको उत्तरी भागमा हुन्छ । त्यहाँ बरफबाट निस्किने भाप जम्न थाल्छ र शीतमा परिणत हुन्छ । यो कुहिरो आर्कटिक र तलाउमा देखिन्छ ।