नसासम्बन्धी रोगमा शरीरको कुनै पनि भागमा नसामा दुखाइ हुन सक्छ । साधारणतया नसामा दुखाइको समस्या हुनु भनेको नसा ब्लकेज र रक्तसञ्चार सही ढङ्गले नभएपछि हुन्छ । यसको अलावा अन्य कारण पनि हुन सक्छ जस्तै स्पाइन वा नर्भमा चोट लाग्ने, भिटामिन बी–१२ को कमी, केही औषधिको प्रभाव आदि हुन सक्छ । त्यस्तै, मधुमेह, स्ट्रोक, क्यान्सर र सङ्क्रमणका कारण पनि नसा दुखाइ हुन सक्छ । नसा दुखाइलाई हलुकामा लिनुहुँदैन र चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । यसको उपचार सही समयमा नगरिए स्थिति झनै बिग्रिन्छ । तर केही घरेलु उपायबाट नसाको दुखाइबाट छुटकारा पाउन सकिन्छ ।
आराम गर्नेः कैयौंपटक नसा थिचिएपछि नसा दुख्ने गर्छ । मेडिकल न्युज टुडे अनुसार कसैको नसा दाबिएको छ र उसलाई तीव्र दुखाइ भइरहेको छ भने रिकभरिको लागि पूर्णतया आराम गर्नुपर्छ । आराम गर्नाले नसा स्वतः मरम्मत हुन्छ । राति पर्याप्त निद्रा लिने र नसा दुखाइ भएपछि धेरै सक्रिय हुनुहुँदैन ।
मसाजः मसाज गर्दा दुखाइबाट राहत पाउन सकिन्छ । नरियल, बादाम र सरसो–तोरीको तेलबाट मसाज गर्नुपर्छ । प्रभावित अङ्गमा केही बेर मसाज गर्नुपर्छ । मसाज गर्दा फटाफट गर्नुहुँदैन । दिनमा दुईपटक मसाज गर्दा केही दिनमैं आराम हुन थाल्छ ।
पोश्चरः कैयौंपटक नसा दुखाइको कारण गलत उठबस तथा हिंड्डुलको कारणले पनि हुन्छ । गलत पोश्चरको कारण नसा दाबिन्छ, र दुख्न शुरू हुन्छ । यस्तो स्थितिमा सही पोश्चर प्रयोग गर्नुपर्छ । जुन भागमा बढी दुख्छ, त्यहाँ दबाब राख्नुहुँदैन । अनि बिस्तारैबिस्तारै नसा दुखाइमा आराम हुन थाल्छ ।
कसरतः नसा दुखाइमा राहत पाउन शरीरमा लचिलोपन चाहिन्छ । तसर्थ त्यसको लागि कसरत गर्नुपर्छ । तर यदि दुखाइ धेरै नै बढेको छ भने कसरत गर्नुहुँदैन । फिजिकल थेरापीको मदतबाट नसामा भइरहेको दुखाइबाट छुटकारा पाउन सकिन्छ । नसा खुलेपछि मांसपेशी मरम्मत हुन थाल्छ र दुखाइ कम हुन्छ । स्टे«चिङ योग गर्नुपर्छ ।
हिटपैकको प्रयोगः दुखाइ धेरै बढेपछि हिटपैकको प्रयोग गर्नुपर्छ । तातो पानीले सेक्दा नसा सुन्निएको अथवा दुखेकोमा राहत पनि पाउन सकिन्छ । यसै प्रकार कोल्ड पैकको पनि प्रयोग गर्नुपर्छ ।
नसा दुखाइमा भिटामिन बी भएका खानेकुरा खानुपर्छ । माछा, पालुङ्गो, च्याउ, सखरखण्ड आदि सेवन गर्नुपर्छ । विज्ञको सल्लाह अनुसार खानेकुरा खानुपर्छ ।