आजकल साना वा ठूला पार्टी वा कुनै पनि कार्यक्रम, भेटघाटमा मदिराको प्रयोग हुने गरेको छ । तर कतिपयको मदिरा पिउने बानी हुन्छ । उनीहरू लगभग हरेक दिन रक्सी पिउने गर्छन् । दिनहुँ रक्सी पिउने दुव्र्यसनमा परेका व्यक्तिबारेमा जानौं ।

दैनिक रक्सी पिउने व्यक्तिले एक महीनासम्म रक्सी त्याग्ने प्रयास गरे भने नतीजा देखेर छक्क पर्नुहुनेछ । मणिपाल अस्पताल द्वारकाका कन्सल्टेन्ट डा सञ्जय गुप्ताले २–३ दिनको अन्तरालमा मदिरा सेवन गर्ने मानिस मोटोपन, उच्च रक्तचाप र मधुमेहको शिकार हुने बताउँछन् ।

हप्तामा एकपटकभन्दा बढी रक्सी पिउने व्यक्तिहरू

ग्रेटर नोएडास्थित शारदा अस्पतालका चिकित्सक तथा एमडी प्रोफेसर डा श्रेय श्रीवास्तवका अनुसार दैनिक ५०० एमएलभन्दा बढी मदिरा पिउने मानिसहरूको स्वास्थ्यमा निकै नराम्रो असर पार्छ । अमेरिकाको नेशनल इन्स्टिच्युट अन अल्कोहल एब्युज एन्ड अल्कोहोलिज्मका अनुसार यदि तपाईंले हप्ताको एक दिन वा पाँच दिन रक्सी पिउनुहुन्छ भने यसको मतलब तपाईंले धेरै रक्सी पिउनुहुन्छ, जुन स्वास्थ्यको लागि निकै खतरनाक हुन्छ ।

यदि एक महीनाको लागि रक्सी छोडेमा

‘उजाला सिग्नस ग्रुप अफ हस्पिटल’का संस्थापक/निर्देशक डा सुचिन बजाजका अनुसार यदि व्यक्तिमा अत्यधिक मदिरा पिउने बानी छ भने उनीहरूले शारीरिक, सामाजिक तथा पारिवारिक समस्या भोग्नुपर्छ । तिनीहरूले रक्सीलाई छोड्ने विचार गर्नुपर्छ । रक्सी पिउनाले सम्बन्धमा नकारात्मक प्रभाव पार्छ, त्यसैले तपाईंले यसलाई छोड्नेबारे सोच्नुपर्छ । यस्तो अवस्थामा रक्सी सदाका लागि छोड्ने विचार गर्नु आवश्यक छ । यदि तपाईंले एक महीनाको लागि रक्सी छोड्नुभयो भने तपाईंको शरीरलाई के हुन्छ ? यद्यपि रक्सी छोड्दा साइड इफेक्ट पनि हुन सक्छ ।

एक महीनासम्म मदिरा सेवन नगर्दा कलेजोको काममा सुधार हुन्छ । कलेजो रोगको जोखिम कम हुन सक्छ । ह्दयरोगको जोखिम कम रहन्छ । यी सबै रोगका साथसाथै उच्च रक्तचाप र क्यान्सर जस्ता रोगको जोखिम पनि कम रहन्छ । डा बजाजका अनुसार धेरै पिउनेहरूका लागि एक महीनासम्म मदिरा त्याग्दा शरीरलाई विषाक्त पदार्थबाट मुक्त गर्न सकिन्छ । कलेजो पनि स्वस्थ रहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here