डिजिटल दुनियाँमा हैकिड्ढो खतरा पनि बढ्दैछ । हैकर्सहरू हैकिड्ढा नयाँनयाँ तरीका अपनाएर मोबाइल फोनमा प्रवेश गर्छन् । हैकर्सहरूको उद्देश्य बैंकिङ जानकारी चोर्ने र अन्य जानकारी थाहा पाउने हुन्छ । गूगलले एन्ड्रोइडबाट मैलवेयरसँग लड्न र त्यसलाई हटाउनको लागि तरीका बताएको छ । तर ती तरीका जान्नुभन्दा पहिले मोबाइल फोनमा मैलवेयर वा भाइरस छ कि छैन ती सङ्केतबारे जानकारी लिनुपर्छ ।
यदि तपाईंको गूगल अकाउन्ट स्वतः साइनआउट हुन्छ भने यो एउटा ठूलो सङ्केत हुन्छ कि फोनमा हैकर्सको पहुँच भइसकेको छ । तसर्थ साइनआउट किन भयो, त्यसबारे अवश्य जानकारी लिनुपर्छ ।
फोनमा कुनै पपअप विज्ञापन देखिन्छ भने यो मैलवेयरको कारणले हुन सक्छ । साथै फोन निकै स्लो चलिरहेको छ भने फोनको गतिविधिमाथि निगरानी गर्नुपर्छ । मोबाइलको मेमोरी स्पेस चाँडै भर्न थालेको छ भने हैकर्सले तपाईंको स्वीकृतिविना मोबाइलमा केही कुरा डाउनलोड गरिरहेको हुन सक्छ ।
यदि मोबाइल फोनको ब्राउजरमा कुनै एडल्ट कन्टेन्ट रिडाइरेक्ट भइरहेको छ भने हैकर्सले तपाईंको मोबाइलसँग छेडछाड गरेको हुन सक्छ । यदि तपाईंका मित्र वा परिवारलाई यस्तो सन्देश पाउँछन्, जुन तपाईंले पठाउनुभएको छैन भने कसैले तपाईंको मोबाइलमा पहुँच बढाएको हुन सक्छ ।
बचाउको तरीकाः गूगलले सल्लाह दिएको छ– तपाईंले प्ले प्रोटेक्ट अन गर्नुभएको छ कि छैन । त्यसको लागि प्ले स्टोरमा जाने, प्रोफाइल आइकनमा टैप गर्ने र त्यसपछि प्ले प्रोटेक्टमा टैप गर्नुपर्छ । त्यसपछि सेटिङमा क्लिक गर्ने र प्ले प्रोटेक्टको साथ स्क्याम एपलाई चालू गर्नुपर्छ ।
गूगलको भनाइ अनुसार डिभाइस सप्mटवेयरमा लेटेस्ट उपलब्ध भर्जनलाई अपडेट राख्नुपर्छ । यदि तपाईंको मोबाइलमा पुरानो भर्जनको सप्mटवेयर छ भने त्यसलाई अपडेट गर्नुपर्छ । गूगल प्लेको अलावा अन्य बाहिरी स्रोतबाट एप इन्स्टल गर्नुहुँदैन । अन्य वेबसाइटमा पाइने निश्शुल्क एपबाट जोखिम बढ्न सक्छ ।