• कुमारबन्धु रुपाखेती
रूसमा अवैधरूपमा सेनामा भर्ना भएका नेपाली लडाकू मारिए, हमासले नेपाली विद्यार्थीलाई बन्धक बनायो, रिहा गराउन सरकार असफल, खाडीको जेलमा निर्दोष नेपाली, बर्मामा चिनियाँ नागरिकले नेपालीलाई अपहरण गरे, दैनिक विदेशिने झुन्ड बढ्दो, ज्यूँदो नेपाली मरेर बाकसमा फिर्ता । अचेल विदेशमा रहेका नेपालीबारे यस्तैयस्तै समाचार आउँछ भने मुलुकभित्रको समाचारमा भ्रष्टाचार, आत्महत्या, बलात्कार, हिनामिना, सत्ताको चरम दुरुपयोग, लागू दुव्र्यसन आदि प्रमुख समाचार हुन् ।
मुलुक र सरकारका यस्तै असफल कथाहरू बोकेर विभिन्न पेशा र जात धर्मका मान्छेहरू एकाभोरैदेखि वीरगंजको चियापसलहरूमा आप्mनो ज्ञान र जानकारी साटासाट गरिरहेका देखिन्छन् । पावरहाउसचोकदेखि छपकैयासम्म एकाबिहानै दर्जनौं चियापसल चलायमान भइसकेका हुन्छन् । पूmटपाथमा आठ दशवटा कुर्सी राखेर जमघट हुने यस्ता चियापसलमा कर्मचारी, बेरोजगार, मर्निङवाकरहरू, महानगरका केही जनप्रतिनिधि तथा सफाइकर्मीहरू, ऐरूगैरू नत्थु खैरूदेखि छुटभैया नेताहरूसमेत रहन्छन् । बिहान खुल्ने यस्ता चिया पसलको श्रेणीसमेत छ । घण्टाघरतिर बसपार्कको चियापसलमा ड्राइभर, खलासी, बदमाशजस्ता देखिने आइमाई, जेबकतरा आदिको जमघट रहन्छ भने मेनरोडमा कतै पत्रकारबन्धुहरू, सानातिना ठेकेदार र कर्मचारी र बिचौलियाहरू देखिन्छन् भने उत्तरतिर बाहिरिया र दुई नम्बरेहरूसमेत चिया पारखी पाइन्छन् भने महँगो र मीठो चियाको लागि प्रसिद्ध आदर्शनगरमा भद्रभलाद्मी, व्यापारी, उद्योगी, छोटेमोटे नेता, ठेकेदार देखिन्छन् भने सबैजसो चियापसलमा बिहानको चीसोबाट बच्न बसबाट ओर्लेका यात्रुहरूसमेत भेटिन्छन् । यस्ता चियापसलमा बिहान पाँच बजेदेखि नौ बजेसम्म असरल्ल भीड देखिन्छ । कतिपय स्कूल, कलेज, बिहानैदेखि खुल्ने हुँदा विद्यार्थी, स्कूलको गाडी, अभिभावक, तरकारी किन्नेहरू, यात्रुहरूले गर्दा एकासबेरैदेखि वीरगंजको मेनरोडमा चहलपहल देखिन्छ ।
बिहानीपख आक्रामक छाडा कुकुरको जमात एकातिर हुन्छ भने अर्कोतिर घरपालुवा कुकुरका शोखिनहरूले आप्mनो प्यारो कुकुरलाई सडकमा जथाभावी हगाउन, मुताउन ल्याएको दृश्य पनि यत्रतत्र देखिन्छ । वीरगंज महानगरमा अचेल बिहानैदेखि सयकडौं चिया पसल सञ्चालनमा छन्, बिहान चियाको व्यापार गर्ने अनि दिउँसो फुर्सदमा अन्य काम गर्नेहरू पनि छन् । नेपालको वीरगंजमा चियाप्रेमीहरूको बढ्दो सङ्ख्या र आम्दानी देखेर भारतको बिहार र राजस्थानबाट आएकाले समेत यहाँ थुप्रै चियापसल सञ्चालन गरेको देखिन्छ । अधिकांश मर्निङवाकर्रहरू धित मार्ने चिया पसलको वरिपरि झुम्मिएका हुन्छन् । त्यस्तै एकाभोरै भेटिनेहरूमा स्थानीय दैनिकका हकरहरूको पहिलो रोजाइ पनि चियापसल नै हुन्छ । नेपालमा उखुको न मूल्य छ न सरकारी अनुदान नै छ । त्यसैले यताका कृषकहरू आप्mनो उत्पादित उखु बिहार पठाउँछन् । भनिन्छ ठालू व्यापारीहरूको दबाबमा सरकारले भारतबाट अनुदानको चिनी भिœयाउन कञ्जुस्याइँ गरेको छ । जसले गर्दा चिनी माफियाले लुट मचाएका छन् । लाजमर्दो कुरा त के छ भने हेटौंडा, पथलैया, चन्द्रपुर, निजगढसम्मबाट गृहिणीहरू घुमफिर गर्दे रक्सौल पुगेर १० किलो घरखर्चको चिनी खरीद गर्न बाध्य छन् । अहिले नेपालमा सुन भित्रिन सजिलो छ तर चिनी भित्रिन गा¥हो छ रे । प्रचण्डहरू कुर्सी बचाउन, गठबन्धनको आयु लम्ब्याउन व्यस्त छन्, ओलीहरू मिशन ८४ मा व्यस्त छन्, कर्मचारीहरू विदेश घुम्न मस्त छन्, रवि लामिछानेहरू प्रवासमा सङ्गठन विस्तारमा सक्रिय छन्, राजावादीहरू गणतन्त्रको विरोधमा जनविद्रोहको आँधीबेहरी ल्याउने तामझाम गर्दैछन्, जाजरकोटमा भूकम्पपीडितहरू चीसो, भोक, कुपोषणले ज्यान फाल्दैछन्, जर्जर सडक दुर्घटनाले मासिक सयौं नेपाली अकाल मृत्युवरण गर्न बाध्य छन् । अङ्गभङ्ग हुने सङ्ख्या अनगिन्ती छ । तैपनि, सौ में से नब्बे बेइमान, फिर भी मेरा भारत महान् भनेझैं गणतन्त्रको तूफानी गुणगान जारी छ । भनिन्छ भारतमा तल्लो दर्जाका नेताहरू भ्रष्टाचारमा बढी लिप्त हुन्छन् तर नेपालमा उपल्लो तहका नेता भ्रष्टाचारी देखिएका छन् ।
नेपालका दोस्रो दर्जाका, तर मौका नपाएर बुढ्यौलीतिर पुग्दै गएका चतुरहरूका अनुसारस गणतन्त्र होइन, पार्टीका शीर्ष नेताहरूको विरोधमा जनलहर मौलाएको छ भन्दै एक तीरबाट दुई निशाना गर्दै शीर्ष नेताहरूको विपक्षमा जनलहर देखाएर तर्साउने अनि शीर्षको स्थानमा आपूm बस्ने षड्यन्त्रमा दलका दोस्रो तहका नेता एकढिक्का बन्दैछन् । सबैलाई थाहा छ मासु पाकेको घरको ढोका कुकुरले नछोडेझैं शीर्ष भनाउँदाहरू सरकार र पार्टीको उच्च पदमा जुकाझैं टाँसिएका छन् । सुधारका लागि विद्रFेह गर्नेलाई प्रतिगामीको बिल्ला भिराउने चलन हाम्रो गणतन्त्रको विशेषता नै हो । सरकारी उदासीनताले नेपालमा कृषि उत्पादन घटेको घट्यै छ । छद्म गणतन्त्र भनेकै यही हो, कौवा चले हंस की चाल सम्भव छ र ? अब हेर्नुस् न बझाङमा खेल्ने मैदान नबनाइदिएकोले अस्ति एउटा ठूलो भलिबल प्रतियोगिता मसानघाटमा सम्पन्न भयो र हजारौं खेलप्रेमीहरूले मसानघाटमा घण्टौं उभिएर प्रतियोगिता हेरे । भूकम्पपीडित प्रधानमन्त्री कोषमा करोडौं जम्मा छ तर पीडित सुत्केरी र लालबालाहरू भोक र चीसो खप्न नसकेर अकाल मृत्युवरण गर्दैछन् ।
वीरगंजको भन्सार कार्यालयतिरका चियापसलमा रक्सौलबाट मर्निङवाकमा आउने भारतीयहरू ग्रFहक बन्दछन् । बिहान चिया पिउन भन्सारतिर आउने बिहारीहरू साँझपख दारू पिउनसमेत सीमापारी धाउँछन् । अर्थात् हाम्रFे चिया मात्र होइन रक्सी पनि लोकप्रिय छ । नेपालमा स्तरीय लोकल रक्सी उत्पादन भए पनि बनाउन रोक छ, तर व्यापारीहरूको सेवामा सरकारले महँगो विदेशी दारु मगाउन लाइसेन्स नै दिएको छ । हामीजस्ताका लागि त विदेशी रक्सीको सेवन चार आनाके मुर्गी, आठ आनाके मसाला जस्तै हो । हाम्रा अधिकांश नेता र पैसावालाहरू स्वदेशी उत्पादनको सट्टा विदेशी रक्सीमा रमाउनुलाई आप्mनो शान ठान्दछन् ।
उहिलेउहिले पञ्चायतकालमा कम्युनिस्टहरू बिग्रिएपछि केशरजङ्ग रायमाझीजस्तै राजावादी बन्छन् भनिन्थ्यो । राजावादी अर्थात् शानशोकत देखाउने, चौरासी व्यञ्जन खाने, पावरमा रम्ने, स्टार होटलमा रमाउने आदि । साँच्चै प्रचण्ड र ओली बिग्रिएर राजावादी चालमा गएको हेर्नुस् त १ सर्वहाराबाट राजावादी बनेका यिनको शानशोकत खाडी मुलुकमा सुल्तानहरूलाई मात दिने खालको छैन त ? अनि नवराजावादीहरू मुर्दाबाद भन्नु परेन त !