कटहरको तरकारी शाकाहारी व्यक्तिको लागि ननभेज हो । यसको आयुर्वेदमा ठूलो महत्व छ । यसको सेवनबाट एनिमिया, क्यान्सर र थाइराइडजस्तो रोग भाग्छ । कटहर निकै स्वादिष्ट हुन्छ । भारतको महाराष्ट्रमा कटहरको पाकेको कोयालाई घाममा सुकाएर पीठो बनाई रोटीजस्तै खानेकुरा बनाइन्छ । यसको बीउ भुटेर खाँदा शरीरमा पौष्टिक तत्वको कमी हुँदैन ।

कटहरमा भिटामिन बि–६ हुन्छ, जसले रगतमा होमोसिस्टनको स्तरलाई कम गर्छ । हृदयको लागि कटहर स्वस्थकर हुन्छ । शरीरमा आयरनको कमी हुन दिंदैन, यसमा क्याल्सियम पनि हुन्छ, जसले हाड मजबुत बनाउँछ । कटहरमा कपर हुन्छ र यसबाट थाइराइडजस्तो रोगबाट जोगिन सकिन्छ । मधुमेहका रोगीको लागि फाइदा पुर्याउने कटहरमा भिटामिन बी हुन्छ, जसबाट इन्सुलिनमा सुधार हुन्छ । कटहरमा भिटामिन ए पाइन्छ, जसबाट आँखाको ज्योतिमा सुधार हुन्छ ।

आयुर्वेद चिकित्सक डा अनुराग अहिरवाल भन्छन्– यदि कसैलाई मिर्गीको दौरा पर्छ भने त्यतिबेला कटहरको बोक्राको चूर्ण बनाएर नाकमा राखिदिंदा मिर्गीको दौरा शान्त हुन्छ । कटहरको अचार पनि बनाइन्छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here