रक्सीको नराम्ररी लत बसिसकेको छ र रक्सी छाड्न चाहनुहुन्छ भने त्यस्ता व्यक्तिलाई हरेक दिन च्याउको तरकारी खुवाउनुपर्छ । हालै गरिएको शोध अनुसार यदि तरकारीमा च्याउ सामेल गर्नुहुन्छ भने बिस्तारै–बिस्तारै रक्सीको लत छुट्दै जान्छ ।

च्याउको फाइदा भनेको वर्षौ पुरानो रक्सीको लत पनि छुट्न सक्छ । वैज्ञानिकका अनुसार च्याउमा यस्तो तत्व हुन्छ जसले अल्कोहलको लतबाट राहत प्रदान गर्छ । वैज्ञानिकले कोप्रिनस नामक च्याउको एउटा विशेष प्रजातिबाट औषधि बनाएका थिए जसले रक्सी छाड्न चाहनेलाई मदत गरेको थियो । च्याउमा साइलोसाइबिन नामक तत्वहुन्छ, यसले मानसिक विकारलाई भगाउँछ । एउटा अध्ययन अनुसार रक्सीको अम्मली ९३ जना रोगीलाई साइलोसाइबिनयुक्त क्याप्सुल  दिइएको थियो । यो क्याप्सुल सेवन गर्दा ९३ जनामध्ये आधा व्यक्तिले रक्सी पूर्णरूपले छाडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here