इजिप्टको सबैभन्दा पुरानो र ठूलो इस्लामी सङ्गठनको रूपमा पहिचान बनाउने मुस्लिम ब्रदरहुडसँग हमासको सीधा सम्बन्ध छ । यस मुस्लिम ब्रदरहुड सङ्गठनलाई इख्वान अल–मुस्लमीन पनि भनिन्छ । यसको स्थापना इजिप्टमा बस्ने हसन अल–बन्नाले सन् १९२८ मा गरेका थिए । हमास सैन्य शाखा भएको इस्लामी सङ्गठन हो, जुन सन् १९८७ मा अस्तित्वमा आएको थियो ।
हमासले अहिले इजरायलमाथि हमला गरेको छ । मुस्लिम ब्रदरहुडबाट निस्केको यो सुन्नी इस्लामवादी समूह हो । मुस्लिम ब्रदरहुडको नाता कट्टरपन्थी प्यालेस्टिनी सङ्गठन हमास र लेबनानस्थित शिया चरमपन्थी सङ्गठन हिज्बुल्लाहसँग पनि छ । भनिन्छ, यसै कारणले अमेरिकासँग ब्रदरहुडको सम्बन्ध निकै बिग्रेको छ ।
हमास शब्द हरकत अल–मुकावामा अल–इस्लामियाको सङ्क्षिप्त रूप हो, जसको मतलब हो– इस्लामी प्रतिरोधको लागि आन्दोलन । अधिकांश प्यालेस्टिनी गुट र राजनीतिक दलसरह समूह यसमाथि जोड दिन्छ कि इजरायल एउटा कब्जा गर्ने शक्ति हो र उसले प्यालेस्टिनी क्षेत्रलाई स्वतन्त्र गर्ने कोशिश गरिरहेको छ । उसले इजरायलाई अवैध राज्य मान्दछ । इजरायललाई मान्यता दिन अस्वीकार गर्ने अर्को कारण हो, उसले अतीतमा शान्तिवार्ता अस्वीकार गरेको थियो ।
सिएनएको रिपोर्ट अनुसार सन् १९९३ मा हमासले ओस्लो सम्झौताको विरोध गरेको थियो, जुन इजरायल र प्यालेस्टिनी लिबरेशन अर्गनाइजेशनबीच एउटा शान्ति सम्झौता थियो ।
हमास गाजापट्टीलाई नियन्त्रित गर्छ, जुन एउटा यस्तो क्षेत्र हो जहाँ लगभग २० लाख प्यालेस्टिनीको घर छ र आतङ्कवादी र इजरायल बलबीच लडाइँको दौरान प्रायः नागरिक हताहत हुन्छन् । सिएनएको रिपोर्ट अनुसार हमासले पछिल्लो केही वर्षमा इजरायलमाथि थुप्रै हमला गरेको दाबी गरेको छ । उसलाई अमेरिका, युरोपियन सङ्घ र इजरायलद्वारा एउटा आतङ्कवादी सङ्गठनको रूपमा नामित गरिएको छ । इजरायलले आफ्नो कट्टर दुश्मन इरानमाथि हमासलाई समर्थन गरेको आरोप लगाएको छ ।
इजिप्टको सबैभन्दा पुरानो र ठूलो इस्लामी सङ्गठनको रूपमा मुस्लिम ब्रदरहुडको पहिचान छ । यस सङ्गठनको स्थापनापछि विश्वभरका थुप्रै इस्लामी आन्दोलनलाई प्रभावित भएका छन् । मध्यपूर्वको थुप्रै देशमा यसका सदस्यहरू छन् । जब यसको स्थापना भएको थियो तब यसको आन्दोलनको उद्देश्य थियो इस्लामको नैतिक मूल्य र राम्रFे कामको प्रचार गर्ने । यद्यपि चाँडै नै राजनीतिमा मुस्लिम ब्रदरहुडले आफ्नो खुट्टा पसारेको छ ।