नयाँ स्मार्टफोनको हेरचाह हामी धेरै गर्छौं तर फोन जसै पुरानो हुँदै जान्छ, हामी लापरवाही गर्न थाल्छौं । फोनको ब्याट्री चाँडै सकिंदा निकै रिस उठ्छ । त्यस्तै, मोबाइलको ब्याट्री डेड भयो भने राम्रँे फोन पनि कबाड हुन सक्छ । कोहीकोही ब्याट्री थोरै डिस्चार्ज हुँदा पनि तुरुन्त चार्ज गर्छन् र केही बेरमैं चार्जरबाट निकाल्छन् । यस्तो बानीले फोन बिग्रिन सक्छ । फोन चार्जिङका सही तरीकाबारे विज्ञहरू भन्छन्–

ब्याट्री २० प्रतिशत वा त्यसभन्दा कम हुनुहुँदैन । त्यस्तै, फोन पूर्णरूपमा डिस्चार्ज पनि गर्नुहुँदैन । ८० प्रतिशत र सय प्रतिशतबीच ब्याट्री लेभल हुन्छ भने फोनलाई चार्जरबाट अनप्लग गर्नुपर्छ । सय प्रतिशत नै मोबाइल चार्ज गर्नुहुँदैन । अधिकांश व्यक्तिले २०–८० को नियम पालना गर्न सल्लाह दिन्छन् । २०–८० को नियम भनेको २० प्रतिशत भएपछि फोनलाई चार्ज गर्ने र ८० प्रतिशत भएपछि चार्जरबाट निकाल्ने । यदि तपाईंको फोन दिनमा दुईपटक २० प्रतिशतसम्म पुग्छ भने दुईपटक चार्ज गर्न सकिन्छ, त्यसभन्दा बढी गर्नुहुँदैन ।

फोनमा २० प्रतिशतभन्दा कम ब्याट्री लेभल हुन्छ भने फोनले स्वतः लो ब्याट्री अलर्ट पठाउँछ । यसको अर्थ हो, फोनलाई आरामले चलाउनुपर्छ अथवा चार्जमा राख्नुपर्छ । यसको अलावा ४५–७५ को नियम पनि पालना गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here