ललितपुर, १३ जेठ/रासस

 ‘मिस नेपाल वल्र्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । आज गोदावरीमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डिएचआई’ सहविधामा आफूलाई अब्बल साबित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौंकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारिन् भने प्रसिद्धी शाहले‘मिस नेपाल इन्टरनेशनल’ उपाधि जितिन् । समारोहमा १२ सहविधाका विजेतासमेत घोषणा गरियो ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले बर्सेनि गर्ने गरेको छ । यस वर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउनेछिन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here