फ्लोरिडा विश्वविद्यालयका एकजना प्राध्यापकले लामो समयसम्म पानीभित्र बसेर नयाँ विश्व रेकर्ड बनाएका छन् । प्राध्यापक जोसेफ डिटुरीले फ्लोरिडा लैगुनमा करीब ३० फिट तल बसेर ७४ दिन पूरा गरे । उनी सय वर्ग फूटको क्याप्सुलमा बसेका थिए । जोसेफ डिटुरी सय दिनसम्म पानीभित्र बस्ने योजना बनाएका थिए । यसभन्दा पहिले सन् २०१४ मा दुई अन्य प्राध्यापकले पानीभित्र बसेर ७३ दिनको रेकर्ड बनाएका थिए र उनीहरूको रेकर्ड प्राध्यापक डिटुरीले तोडेका छन् ।

डेटुरीले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार यस वर्षको १ मार्चदेखि उनी पानीभित्र बस्न गएका थिए र ९ जूनका दिन बाहिर निस्किए । इन्स्टाग्रम पोस्टमा प्राध्यापक डिटुरीले लेखेका छन्, मलाई खुशी छ कि खोजको लागि मेरो जिज्ञासा शान्त भएको छ । पहिलो दिनदेखि मेरो लक्ष्य दुनियाँभरिका वैज्ञानिक र आउने पीढीलाई प्रेरित गर्ने थियो । विश्व रेकर्ड तोड्नु एउटा मिलको पत्थर हो । मेरो मिशन समाप्त भएको छैन । शोध गर्नको लागि मसँग पानीभित्र २३ दिन थियो ।

एउटा रिपोर्ट अनुसार पानीमा ७४औं दिन बस्दा प्राध्यापक डिटुरीले धेरै मात्रामा प्रोटिनयुक्त आहार खाएका थिए, जुन माइक्रोवेबमा पकाइएको अन्डा र सैल्मन माछा थियो । व्यायाम गरेपछि निद्रा लाग्यो । जोसेफ जान्न चाहन्छन् कि हाम्रो शरीर पानीभित्र रहँदा अत्यधिक दबाबको दीर्घकालिक जोखिममा कस्तो प्रतिक्रिया गर्छ । अतीतमा प्राध्यापकले एउटा महत्वपूर्ण खोज गरेका थिए । उनले एक कोशिकीय जीव खोजेका थिए । उनको टीमका अनुसार यो विज्ञानको लागि नयाँ प्रजाति हो । यद्यपि यस खोजको पुष्टि हुन बाँकी छ ।

पानीमा बसेको बेला प्राध्यापक डिटुरीमाथि कडा निगरानी गरिएको थियो । प्रायः उनको मूत्र र रक्तको नमूना लिइन्थ्यो र उनी स्वस्थ छन्/छैनन्, त्यो चेकजाँच हुन्थ्यो । यसका साथै मनोवैज्ञानिक र मनोचिकित्सकले पनि उनीमाथि निगरानी गर्थे । बन्द वातावरणमा बस्दा उनको मानसिक प्रभाव कस्तो हुन्थ्यो, त्यो हेरिन्थ्यो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here