आजभोलि कोकोनट सुगर (नरियलको चिनी) प्रचलनमा बढेको छ । यसलाई कोकोनट पाम सुगर पनि भनिन्छ । थुप्रै खनिज तत्वले भरिपूर्ण यो प्राकृतिक मिठास स्वास्थ्यको लागि निकै फाइदाजनक छ ।

कोकोनट सुगर के हो ? नरियलको रूखमा हुने फूल र त्यसको रसबाट तयार हुने चिनीलाई कोकोनट सुगर भनिन्छ । यसलाई बनाउनको लागि नरियलको फूलको एउटा टुप्पा काटेर त्यसको रस जम्मा गरिन्छ । एउटा भाँडामा राखेर यस रसलाई कम तापक्रममा पकाइन्छ । जब यो सुक्छ र जे बाँकी रहन्छ, त्यसैलाई कोकोनट सुगरसरह प्रयोग गरिन्छ ।

फाइदाः कोकोनट सुगरमा एन्टिअक्सिडेन्ट, मिनरल्स, फाइबर हुन्छन् । यसमा क्यालोरी पनि पाइन्छ । कोकोनट सुगरमा सेतो चिनीको तुलनामा सुक्रोज र फ्रुक्टोज कम हुन्छ र जिङ्क, पोटाशियम, क्याल्शियम, आयरनको मात्रा भरपूर हुन्छ । यसैले यो फाइदाजनक हुन्छ । यसको प्रयोग प्राकृतिक मिठासको रूपमा फलको जुस, ओट्स, फलसँग गर्न सकिन्छ ।

कोकोनट सुगरको थोरै मात्रामा इन्सुलिन र सोबर फाइबर पाइन्छ, यसको मदतबाट सुगर स्पाइकको समस्या टाढा हुन्छ । मधुमेहमा पनि यो फाइदाजनक हुन्छ । कोकोनट सुगरको प्रयोगबाट ब्लड सुगरलाई नियन्त्रित गर्न सकिन्छ । यसको सेवनबाट हाइपोग्लाइसेमिया, चक्कर आउने, पसिना आउनेजस्ता समस्या पनि नियन्त्रित हुन सक्छन् । कोकोनट सुगरको सेवनबाट मधुमेहमा पनि नियन्त्रण पाउन सकिन्छ । सामान्य चिनीको तुलनामा कोकोनट सुगर राम्रFे मानिन्छ र यसले वजन पनि कम गर्न सहायता गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here