चर्चित मोबाइल गेम एङ्ग्री बड्र्स फ्रेन्चाइजीका निर्माता रोबियो इन्टरटेन्मेन्टलाई जापानी भिडियो गेम र मनोरञ्जन कम्पनी सेगाले किन्दैछ । यसको मूल्य करीब एक अर्ब डलर हुन सक्ने बताइएको छ । द वाल स्ट्रीट जर्नल अनुसार सेगाले रोबिओलाई आगामी साता किन्न सक्ने बताइएको छ ।

सन् २००९ मा यो गेम शुरू भएको थियो र पाँच वर्षसम्म यसले मोबाइलमा राज गर्यो । सन् २०१४ मा यो गेम निकै चरममा पुग्यो तर त्यसपछि बिस्तारै यसका प्रयोगकर्ता घट्दै गए । एङ्ग्री बड्र्स गेम पहिलो यस्तो मोबाइल गेम थियो, जसलाई एक अर्ब प्रयोगकर्ताले डाउनलोड गरेका थिए र गिनिज वल्र्ड रेकर्डमा एङ्ग्री बड्र्स गेमको नाम दर्ता छ ।

यस गेमबाट चलचित्र पनि बनेको थियो र त्यसले पनि निकै कमाइ गर्यो । यस गेमबाट सन् २०१९ मा सिक्वेल द एङ्ग्री बड्र्स मुभी–२ रिलिज भयो तर यसले त्यति सफलता पाएन । रोबियोले यस वर्ष फेब्रुअरीमा आफ्ना मूल एङ्ग्री बड्र्स गेमलाई गूगलको प्ले स्टोरबाट हटाएको थियो । कम्पनीले भनेको थियो, हामीले रोबियो क्लासिक्सः एङ्ग्री बड्र्सको व्यावसायिक मामिलाको समीक्षा गर्यो र हाम्रो व्यापक गेम पोर्टफोलियामा गेमको प्रभावको कारण, हामीले यसलाई प्लेस्टोरबाट हटाउने निर्णय लियौं ।

रोबियो क्लासिक्सः एङ्ग्री बड्र्स असूचीबद्ध भएपनि ती उपकरणमा खेल्नयोग्य रहन्छ, जसमा यो गेम डाउनलोड गरिएको थियो । यसभन्दा पहिले इजरायली डेभलपर प्लेटिकाले करीब आठ सय मिलियन डलरमा रोबियो अधिग्रहण गर्ने बताएको थियो तर सम्झौता हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here