पानी पिउनुका धेरै फाइदा छन् । यसले छाला, मांसपेशी, हाड, जोर्नी आदिको राम्रो स्वास्थ्य कायम राख्न मदत गर्छ र शरीरका कोशिकाहरूलाई पोषक तत्वहरू अवशोषित गर्न र सङ्क्रमणबाट बचाउन मदत गर्छ ।

यतिमात्र होइन, दिनमा एक वा दुईपटक तातोपानी पिऔं भने यसका अन्य फाइदा पनि छन् । उदाहरणको लागि वजन घटाउन । धेरैले तौल घटाउन तातोपानी पिउने सल्लाह दिन्छन् । तौल घटाउनको लागि तातोपानी कतिको फाइदाजनक छ जानौं ।

तातोपानी पिउँदा तौल घट्छ ?

अनुसन्धानले देखाएको छ कि यदि हामी अधिक पानी पिउँछौं भने यसले हामीलाई भरिएको महसूस गराउँछ र हाम्रो वजन घटाउन मदत गर्छ । यसले शरीरलाई पोषक तत्वहरू अवशोषित गर्न र अपशिष्ट उत्पादनहरू हटाउन मदत गर्छ । २००३ मा प्रकाशित एक अध्ययनले पत्ता लगायो कि तातोपानी पिउँदा चीसो पानीले भन्दा छिटो वजन कम हुन्छ ।

यसले कसरी काम गर्छ

अन्वेषकहरूले खाना खानुअघि ५०० मिली तातोपानी पिउनाले मेटाबोलिज्म ३० प्रतिशतसम्म बढ्ने पत्ता लगाएका छन् । यदि हामीले पानीको तापक्रम ९८.६ डिग्रीमा बढायौं भने मेटाबोलिज्म ३०–४० प्रतिशतसम्म बढ्छ र चयापचय ४० प्रतिशतसम्म बढ्न सक्छ ।

तापमान के हो ?

यदि हामीलाई तातोपानी पिउन मन लाग्दैन भने पानीको तापक्रम शरीरको तापक्रमभन्दा अलि बढी राखौं । यसले वजन घटाउन वा अन्य फाइदाहरूका लागि उपयुक्त हुन सक्छ । धेरै तातोपानी पिउनाले हामीलाई जलाउन सक्छ वा हाम्रो शरीरका भित्री अङ्गलाई क्षति पुर्याउन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here