तीन अङ्कको उमेर (१०० वर्ष)मा पनि राम्रो जीवन जिउनको लागि आशावादी हुनुपर्छ । अतीतमा अल्झिनुहुँदैन । सदैव डायरीमा अनुभव लेख्न जारी राख्नुपर्छ । यस अद्भुत कलाबाट वञ्चित हुनुहुन्न । जबसम्म मन गर्छ, पूरै उत्साहको साथ नाच्ने, सदैव खुशी र सचेत रहनुपर्छ, जसले आफ्नो वरपर हुने हरेक वस्तुको बारेमा तपाईंलाई जानकारी होस् ।

सयभन्दा बढी सेन्चुरियन्सले स्वस्थ जीवन जिउनको लागि आफ्नो अनुभवको आधारमा सुझाव दिएका छन् । ब्रिटिश सेनामा कर्नल रहेका १०२ वर्षीय एडवर्ड टम्सले भने, “हँसिलो व्यवहार, स्पष्ट भावना र आफूमाथि हाँस्ने क्षमता राख्नुपर्छ । कहिले पनि दिक्दार मान्नुहुँदैन किनभने यति धेरै सुख उपलब्ध छ, जसको आनन्द लिन सकिन्छ । तर समय–समयमा एकान्तमा पनि बस्नुपर्छ ।”

१०६ वर्षीया अभिनेत्री अमेलिया मेन्डेल भन्छिन्– दिलचस्प जीवन भएकोले मलाई कहिल्यै बूढी भएजस्तो लागेन । मसँग निकै राम्रो सम्झना छन् । वाइनमेकर रहेका १०१ वर्षीय फर्नान्डो कैवियो भन्छन्– म हरेक दिन पढ्छु । जब तपाईं पढ्नुहुन्छ, तब तपाईंले नयाँ कुरा सिक्नुहुन्छ र जिज्ञासा जाग्छ । हामी अगाडि बढ्नुपर्छ, नत्र अल्छी हुन्छौं ।

धैर्य राख्ने र तनाव लिनुहुन्न । १०६ वर्षीय जोन उर्कहार्ट भन्छन्– सक्नुहुन्छ भने विदेश यात्रा गर्नुस् । अन्य देश र त्यहाँका व्यक्तिहरू बस्ने तरीका हेर्नुस् । कुनै नयाँ भाषा सिक्नुस् । उर्कहार्ट जर्मन र फ्रेन्च बोल्छन् । उनले आफ्नो ८० को दशकमा जर्मन भाषाको ए–लेभल पास गरेका थिए ।

कम्पनीका निर्देशक रहिसकेका सय वर्षीय पिटर ह्वाइटली भन्छन्– हमेशा आफूलाई सन्तुलनमा राख्नुपर्छ, जब मौका पाउँछ हाँस्नुपर्छ । आँखा खुला राखौं र वरपर के भइरहेको छ, त्यो हेरौं । पैसाको पछाडि नभागौं, ससाना खुशी खोज्ने गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here