प्रविधि हाम्रो जीवनमा उपयोगी हुन्छ । प्रविधिको मदतबाट कसैले पनि घरमैं बसेर आफ्नो काम गर्न सकिरहेको छ । आजभोलि प्रविधिले मानिसको जीवनलाई निकै सहज बनाइसकेको छ । स्मार्टफोन, वाटर हिटर, ल्यापटपलगायत वस्तु हामीले दिनदिनै प्रयोग गर्छौ ।
हालै बजारमा आर्टिफिशियल इन्टेलिजेन्स प्रविधि आधारित सुटकेश उपलब्ध भएको छ । अब गहुँगो सुटकेस बोक्न वा डोर्याउनुपर्दैन । जब हामी यात्रा गर्छौ तब हामीसँग भारी सुटकेस हुन्छ । यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान निकै गार्हो हुन्छ । तसर्थ यस्तै समस्या हल गर्न बजारमा एआई सुटकेस आएको छ । यो सुटकेस तपाईंसँगै हिंड्छ । यसलाई बोक्न वा डोर्याउनुपर्दैन ।
सेल्फ ड्राइभिङ रोबोटिक्स निर्माता फरवार्डएक्सद्वारा निर्मित र कृत्रिमरूपले सञ्चालित यो सुटकेस सेन्सरले लेस छ । सेन्सरको मदतबाट यो सुटकेस नठोइकन सात मिल प्रतिघण्टाको गतिले तपाईंको पछि लाग्छ । यसमा रूट प्रोटेक्शन प्रविधि छ, जसले सडक पहिचान गर्न मदत गर्छ ।
सुटकेसमा जिपिआर ट्रैकर पनि लगाइएको छ । सुटकेस हराउँदा जिपिएस ट्रैकरको मदतबाट यसको पत्ता लगाउन सकिन्छ । यसको अलावा यसमा टिएसए–अनुमोदित स्मार्ट लक सिस्टम पनि छ, जुन सुरक्षा जाँचको लागि स्वतः खुल्छ । सुटकेसबाटै मोबाइल पनि चार्ज गर्न सकिन्छ किनभने सुटकेसभित्र एउटा ब्याट्री पनि हुन्छ जसबाट मोबाइल चार्ज गर्न सकिन्छ ।