तातो पानीको लागि गिजरको प्रयोग गर्छौ । तर गिजरमा केही खतरा पनि हुन्छ जसबारे समय–समयमा हामीले समाचारमा पढ्ने गर्छौ । बजारमा थुप्रै प्रकारको गिजर उपलब्ध छ, जसमा इन्फ्रारेड, ग्याँस, फ्यानजस्ता हिटर सामेल छ । गिजरको प्रयोग बन्द कोठाभित्र कहिल्यै गर्नुहुँदैन । गिजर प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ ।
हालै भारतमा एउटा घटना घटेको थियो । गिजरमा नुहाइरहेकी एकजना व्यक्तिकी पत्नी बाथरूममै बेहोश भइन्, यस्तो हुनुको कारण अक्सिजनको कमी थियो । समयमंै उनले उपचार पाइन् र ज्यान जोगियो । घरमा ग्याँस गिजर लगाइएको छ भने सावधानी अपनाउनुपर्छ । ग्याँस गिजर कसरी काम गर्छ त्यो बुझ्नुपर्छ । ग्याँस गिजर पानी गर्म गर्नको लागि एलपिजी ग्याँस प्रयोग हुन्छ । यसप्रकार यो दुई तरीकाले काम गर्छ । पहिलो यसमा पानी चाँडै तातो हुन्छ र दोस्रो तातो पानी लगातार आउन थाल्छ । गिजरमा तीनवटा पाइप, पानी र ग्याँसको लागि अलग्गैबाट दुई इनलेट पाइप र तातो पानीको लागि एउटा आउलेट पाइप हुन्छ । जब गिजर चालू हुन्छ, ग्याँस पाइपलाइनको माध्यमबाट बग्न थाल्छ । इग्नाइटर चालू हुन्छ र ग्याँसको लपेटो देखिन्छ, जसबाट पानी तातो हुन्छ । तर गिजरले वातावरणबाट अक्सिजन प्रयोग गरेर पानी तातो गर्न ग्याँस जलाउने काम गर्छ । यसैकारण गिजरको प्रयोग हावादार स्थानमा इन्स्टल गर्न सल्लाह दिइन्छ । बन्द स्थानमा गिजरको प्रयोग गरेमा त्यहाँ यसले अक्सिजन प्रयोग गर्छ जसबाट अक्सिजन कम हुन्छ र कार्बन मोनोअक्साइड निस्किन्छ । कार्बन डाइअक्साइड विषाक्त हुन्छ र मस्तिष्क क्ष्Fतिग्रस्त हुन्छ । यदि तपाईंसँग पनि ग्याँस गिजर छ भने त्यसलाई इलेक्ट्रिकमा परिणत गर्नुस् अथवा कुनै हावादार स्थानमा राख्नुहोस् ।