जलवायु परिवर्तनको प्रभावमाथि नयाँ अध्ययनले गम्भीर परिणाम देखाइरहेको छ । यी अध्ययनमा जलवायु वैज्ञानिक यस कुराको वकालत गरिरहेका छन् कि जलवायु परिवर्तनसँग निप्टिनको लागि तत्काल गम्भीर र ठोस पाइला चाल्नुपर्ने हुन्छ । भविष्यको अनुमानले एउटा निकै चिन्ताजनक तस्वीर पेश गरिरहेको छ । एउटा नयाँ अध्ययनमा दुनियाँका मानिसहरूमाथि जलवायु परिवर्तनको प्रभावको बारेमा केही यस्तै भनिएको छ । संसारको ९० प्रतिशतभन्दा बढी वैश्विक आबादीले भीषण गर्मी र सुक्खाको बढ्दो खतराको सामना गर्नुपर्नेछ ।
अक्सफोर्ड स्कूल अफ जियोग्राफीको एउटा अध्ययनमा भनिएको छ कि बढ्दो गर्मी र सुक्खाबाट सामाजिक असमानता बढ्नेछ र वातावरणको सिओटु उत्सर्जनलाई कम गर्ने प्राकृतिक क्षमता कम हुनेछ । ग्लोबल वार्मिङ वैश्विकस्तरमा यस प्रकारको नोक्सानलाई दश गुना बढाउनेछ ।
यो रिपोर्ट नेचर सस्टेनबिलिटीमा प्रकाशित भएको छ । यसमा भनिएको छ कि सन् २०२२ मा लन्डनदेखि सङ्घाईसम्म बढ्दो तापमानले रेकर्डको स्तर छोएको छ र यो सिलसिला जारी रहनेछ । जब यी सबैको एकसाथ विश्लेषण गर्दा वैज्ञानिकहरूले निकै चिन्ताजनक तस्वीर देख्न थालेका छन् । अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक लुसी स्लेटर र वुहान युनिभर्सिटीका भिजिटिङ प्राध्यापक डा जियाबो यिनका अनुसार अत्यधिक गर्मी र सुक्खाको समान प्रभाव हुनेछ र समाज र पारिस्थितिक तन्त्रको लागि अलग–अलग खतराले प्रभावित गर्नेछैन ।
यी दुवैको संयुक्त प्रभाव सामाजिक–आर्थिक र पारिस्थितिकरूपले बढी गम्भीर देखिनेछन्, जसबाट सामाजिक असमानताको समस्या गहिरो हुन सक्छ किनभने गरीब र ग्रामीण क्षेत्रमा यसको प्रभाव झनै नराम्रFे हुनेछ । शोध अनुसार वैश्विकस्तरमा घाटामा यो चक्रीय वृद्धि दश गुना बढी तीव्र हुनेछ ।
अत्यधिक गर्मी र सुक्खाको कारण पृथ्वीको जल सङ्ग्रहण क्षमता कम हुन्छ र विश्वको ९० प्रतिशतभन्दा बढी जनसङ्ख्याले यो जोखिमको सामना गर्नुपर्नेछ । साथै भविष्यमा यो एक चक्रीय वृद्धि पनि देखिनेछ, भलै वैश्विक हरितगृह उत्सर्जन आफ्नो न्यूनतम स्तरमा नै किन नहोस् ।