अहिले बजारमा हरियो केराउ आएको छ । हरियो केराउमा थुप्रै पोषक तत्व हुन्छन्, जुन हाम्रो शरीरको लागि निकै गुणकारी हुन्छ । यसले रगत सफा गर्छ, साससम्बन्धी समस्या हटाउँछ, खोकी, भोक नलाग्ने समस्याको पनि उपचार गर्छ । हरियो केराउ मधुमेह र मुटुरोगीको लागि राम्रFे तरकारी हो ।

नियमितरूपमा हरियो केराउ सेवन गर्नुहुन्छ भने वजन कम हुन्छ । हरियो केराउमा फाइबर बढी हुन्छ, साथै यसमा क्यालोरीको मात्रा पनि कम हुन्छ, जसले गर्दा पेट चाँडै भर्छ र भोक पनि लाग्दैन, यसबाट वजन कम हुन्छ । एउटा अनुसन्धान अनुसार हरियो केराउले मुटुसम्बन्धी समस्या हटाउन सहायक हुन्छ । साथै रगत सफा गर्ने गुण पनि हुन्छ । हरियो केराउ सेवन गर्दा मुटुरोगलाई निकै कम गर्न सकिन्छ ।

हरियो केराउले हाम्रो इम्युन सिस्टम मजबूत गर्छ । यसमा म्याग्निशियम हुन्छ र यसले हाम्रो शरीरको प्रतिरोधक क्षमता बढाउन सहायता गर्छ ।

स्वास्थ्य सुझावः

– सेतो तिलको सेवनले मानसिक दुर्बलतालाई कम गर्छ र जसले गर्दा तनाव र अवसादबाट मुक्त भइन्छ । प्रतिदिन थोरै मात्रामा तिल खानाले कपाल असमयमा झर्ने र पाक्ने समस्या हराउँछ । तिललाई दूधमा भिजाएर यसको लेप अनुहारमा लगाउँदा प्राकृतिक चमक आउँछ । त्यस्तै, प्रतिदिन बिहान भिजेको तीन/चार वटा बदाम र ओखर खानाले थाइराइड फक्शन ठीक ढङ्गले काम गर्छ, जसले गर्दा थाइराइड हुने सम्भावना निकै कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here