अस्टे«लिया निवासी ३२ वर्षीया एर्चाना मुरे–बार्टलेट १०७ दिनदेखि लगातार दौडिरहेकी छन् । सन् २०२२ अगस्तमा क्विन्सल्यान्डको केप यार्कमा उनले मैराथुन शुरू गरेकी थिइन् । त्यसपछि लगातार १०७ दिनदेखि उनी दौडिरहेकी छन् । यस कार्यका कारण उनको नाम गिनिज बूक अफ वल्र्ड रेकर्डमा पनि सामेल भइसकेको छ । मुरे भन्छिन्–अहिले म रोकिनेवाला छैन । उनको लक्ष्य लगातार १५० वटा मैराथुनमा भाग लिने हो । उनले वन्यजीवको रक्षाको लागि करीब ५० हजार डलर जुटाएकी छन् ।
मुरेभन्दा पहिले यो विश्व रेकर्ड ब्रिटेनको केट जेडेनको नाममा दर्ज थियो । उनले १०६ मैराथुनमा भाग लिएकी थिइन् । मुरे भन्छिन्–आफ्नो प्रोजेक्ट टिप टु टो–२०२२ मा वन्यजीव संरक्षणको लागि म दौडिरहेकी छु । यस काममा उनलाई अन्य व्यक्तिले पनि मदत गर्दैछन् ।