सदीऔंदेखि कोकिन औषधिको रूपमा प्रयोग गरिंदै आएको छ । यद्यपि केही व्यक्तिले यसलाई नशाको रूपमा सेवन गर्छन् । कोकिन कोका बिरुवाबाट निकालिन्छ । वैज्ञानिकहरू हालै तम्बाकुको पातबाट कोकिन बनाउन सफल भएका छन् । चीनको कुनमिङ इन्स्टिच्युट अफ बोटनीका शोधकर्ताहरूले तम्बाकुको पातलाई कोकिनमा परिणत गरेका छन् । यो प्रक्रिया निकै जटिल रहेको उनीहरूले बताएका छन् । कोकिनको अलावा यी पातलाई अन्य राम्रो काममा प्रयोग गर्नको लागि तयार गरिंदैछ ।

कोकिन भनेको एक प्रकारको कार्बनिक अणु हो, जुन ट्रोपेन एल्केलाइड्सको श्रेणीमा आउँछ । यसलाई बिरुवाबाट निकालिन्छ, यो पूर्णरूपमा शाकाहारी हुन्छ । मान्छेले यसको पैदावार आफ्नो आवश्यकताको हिसाबले गर्दैछन् । पुरानो जमानामा मानिस कोकाको पात चपाएर ऊर्जा प्राप्त गर्दथे । आज पनि रोगीलाई एनेस्थिसियाको रूपमा यो दिइन्छ ।

वैज्ञानिकले कोकिनका छ जिन्स तम्बाकुको बिरुवामा लगाए । यसको माध्यमबाट इन्जिनीयर्ड तम्बाकु प्लान्टबाट कोकिन बनाइएको हो । यसबाट कोकिनसँग सम्बन्धित औषधि बनाइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here