काठमाडौं, ७ मङ्सिर/रासस
प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता देखिएको छ । आज अपराह्न ५ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्क अनुसार एमालेले दुई लाख ५४ हजार दुई मत प्राप्त गरेको छ ।
नेपाली काङ्ग्रेसले दुई लाख ३० हजार ३७०, राष्ट्रिय स्वतन्त्र पार्टी नेपालले एक लाख २० हजार ४१७, नेकपा (माओवादी केन्द्र)ले एक लाख पाँच हजार १९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ हजार १५१, नेपाल मजदूर किसान पार्टीले २० हजार १५७, जनता समाजवादी पार्टी नेपालले १९ हजार ८५०, जनमत पार्टीले १८ हजार ४७, नागरिक उन्मुक्ति पार्टीले १२ हजार ६२७ र नेकपा (एकीकृत समाजवादी)ले १४ हजार ५०८ मत प्राप्त गरेको छ ।
प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले ६३ हजार ८४०, काङ्ग्रेसले ५७ हजार २६२, माओवादी केन्द्रले २४ हजार २९१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ४८४ र जनता समाजवादी पार्टी नेपालले नौ हजार ३२९ मत प्राप्त गरेका छन् ।
मधेस प्रदेशमा काङ्ग्रेसले १५ हजार ७२९, एमालेले १३ हजार ९५८, जनमत पार्टीले ११ हजार ९१७, जनता समाजवादी पार्टी नेपालले छ हजार ९१३ र माओवादी केन्द्रले चार हजार ८०९ मत प्राप्त गरेको छ ।
वाग्मती प्रदेशमा एमालेले ३२ हजार ३५२, काङ्ग्रेसले ३० हजार ३०६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ७८१, माओवादी केन्द्रले १५ हजार ६११ र नेपाल मजदूर किसान पार्टीले १५ हजार २५५ मत प्राप्त गरेका छन् ।
गण्डकीमा एमालेले ६६ हजार ४७०, काङ्ग्रेसले ५२ हजार ४७०, माओवादी केन्द्रले २३ हजार १५२, राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार २६७ र नेकपा (एकीकृत समाजवादी)ले पाँच हजार ३४० मत प्राप्त गरेका छन् ।
लुम्बिनी प्रदेशमा एमालेले ८२ हजार ३७३, काङ्ग्रेसले ६५ हजार ६३१, माओवादी केन्द्रले २२ हजार ६७०, राप्रपाले १७ हजार २४४, नागरिक उन्मुक्ति पार्टीले सात हजार ४६५ मत प्राप्त गरेका छन् ।
कर्णालीमा माओवादीले छ हजार ८५१, एमालेले तीन हजार ४५३, काङ्ग्रेसले दुई हजार २६६, राप्रपाले ५५९ र नेपाल मजदूर किसान पार्टीले ५३५ मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशसभाको समानुपातिकतर्फको मत आयोगको प्रणालीमा प्रविष्ट हुन सकेको छैन ।
तीन ठूला दलको अग्रता कायमै
आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ आज अपराह्न ५ः३० बजेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये १३२ स्थानमा मतगणना जारी छ । २० स्थानको नतीजा भने सार्वजनिक भइसकेको छ ।
आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्क अनुसार नेपाली काङ्ग्रेस आठ, नेकपा (एमाले) चार, नेकपा (माओवादी केन्द्र) दुई, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टी एक/एक तथा अन्य साना दल चार स्थानमा विजयी भएका छन् ।
जारी मतगणनामा गत निर्वाचनको तीन ठूला दलको अग्रता कायमै छ । काङ्ग्रेस ४४, एमाले ४१, माओवादी १४, राष्ट्रिय स्वतन्त्र पार्टी सात, एकीकृत समाजवादी छ र अन्य दल तथा उम्मेदवार २० स्थानमा अगाडि छन् । १३ स्थानमा मतगणना हुन बाँकी छ ।
आयोगका अनुसार प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश नं १ मा काङ्ग्रेस तीन र माओवादी दुई स्थानमा विजयी भएका छन् । प्रदेश १ मा काङ्ग्रेस नौ, माओवादी पाँच, एमाले २०, एकीकृत समाजवादी तीन र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई स्थानमा अगाडि छन् । मधेस प्रदेशमा जनमत पार्टी तीन, काङ्ग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी एक/एक स्थानमा विजयी भएका छन् । मधेस प्रदेशमा जनमत पार्टी तीन, काङ्ग्रेस ११, जसपा आठ, माओवादी केन्द्र छ, लोसपा चार र अन्य उम्मेदवार १९ स्थानमा अगाडि छन् ।
वाग्मती प्रदेशमा काङ्ग्रेसका आठ, एमालेका चार, माओवादी र एकीकृत समाजवादीका एक/एक उम्मेदवार विजयी भएका छन् । जारी मतगणनामा काङ्ग्रेस १२, एमाले ११, माओवादी केन्द्र आठ, एकीकृत समाजवादी चार र राष्ट्रिय प्रजातन्त्र पार्टी छ स्थानमा अगाडि छन् ।
गण्डकीमा काङ्ग्रेस तीन, एमाले दुई, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा विजयी भएका छन् । काङ्ग्रेस १०, एमाले नौ, माओवादी केन्द्र चार र एकीकृत समाजवादी एक स्थानमा अगाडि छन् । लुम्बिनीमा एमाले दुई, जसपा दुई, काङ्ग्रेस, माओवादी केन्द्र र स्वतन्त्र एक/एक स्थानमा विजयी भएको छ । एमाले १३, काङ्ग्रेस ११ र माओवादी केन्द्र तीन स्थानमा अगाडि छन् ।
आयोगका अनुसार हालसम्म कर्णालीमा प्रदेशसभाको प्रत्यक्षतर्फको २४ सिटमध्ये काङ्ग्रेस दुई स्थानमा विजयी भएको छ । काङ्ग्रेस चार, माओवादी केन्द्र छ र एमाले दुई स्थानमा अगाडि छन् । सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेस र माओवादी एक/एक स्थानमा विजयी भएको छ । सो प्रदेशमा काङ्ग्रेस छ, माओवादी केन्द्र चार, एमाले र नागरिक उन्मुक्ति पार्टी दुई/दुई तथा एकीकृत समाजवादी र अन्य उम्मेदवार एक/एक स्थानमा अगाडि छन् ।