अन्य ग्रहमा जीवनको अस्तित्व खोज्न वैज्ञानिकहरू सदैव जिज्ञासु रहन्छन् । भनिन्छ मङ्गल ग्रह भित्रैदेखि मरिसकेको छ तर वैज्ञानिकले मङ्गल ग्रहमा हलचल भएको पत्ता लगाएका छन् । यसको कारण मङ्गलको केन्द्रमा उम्लिरहेको लावा हुन सक्छ । वर्षौ पहिले मङ्गलमा ज्वालामुखी विस्फोट हुने गरेको र यहाँ म्याग्मा हुन सक्ने वैज्ञानिकहरूको दाबी छ ।

नासाका वैज्ञानिकले इनसाइट लैन्डर मिशनको मदतबाट केही तथ्याङ्क जम्मा गरेका छन् । तथ्याङ्क अनुसार यहाँ २० भन्दा बढी भूकम्पीय घटना अध्ययन गरेका छन् । शोधको परिणाम हेर्दै स्वीटजरल्यान्डको इटिएच ज्युरिखका साइमन स्टाहलर र सेर्बरस फासेले दाबी गरेका छन्, मङ्गल ग्रहको तल लाभा हुन सक्छ । इनसाइट सन् २०१८ मा मङ्गल ग्रहमा अवतरण भएको थियो । यसले मङ्गलको भूकम्पनीय तरङ्ग अध्ययन गरिरहेको छ ।

सन् २०१८ पछि इनसाइटले मङ्गल ग्रहमा हुने कैयौं भूकम्प अनुसन्धान गरेको छ । वैज्ञानिकले लो फ्रिक्वेन्सिङलाई जवालामुखी सेटिङसँग जोडेर हेरेका छन् । सैटेलाइटको केही तस्वीर अनुसार वैज्ञानिकको अनुमानलाई थोरै पुष्टि दिने काम गरेको छ । यस ग्रहमा तातो पदार्थ वा म्याग्मा च्याम्बर हुन सक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here