हाइपोथाइरायडिज्म एउटा सामान्य रोग हो, जसमा थाइरायड ग्लैन्ड पर्याप्त थाइराइड हार्मोन बनाउन सक्दैन । हाइपोथायरायडिज्मको खतरा त्यस्ता महिलामा बढी पाइन्छ जसको मुख्य कारण अटोइम्युन डिसअर्डर हुन्छ । निद्रामा कमी, आत्तिनेजस्तो लक्षण हुन्छ । हाइपोथायरायडिज्म पत्ता लगाउन प्रतिदिन चेकअप रूटिन बनाउनुपर्छ ।
हाइपोथायरायडिज्मको सामान्य कारणः
ग्रेव्य डिजिजः भेरि वेल हेल्थ डट कम अनुसार ग्रेव्य एक प्रकारको अटोइम्युन डिसअर्डर हो, जसमा व्यक्तिको इम्युन सिस्टमले एन्टीबडी बनाउँछ जसको कारण थायराइड हार्मोनको उत्पादन बढ्छ ।
थायराइडाइटिसः थायराइडाइटिस यानी थाइरायड ग्लैन्ड सुन्निनु पनि हाइपोथायरायडिज्मको मुख्य कारणमध्ये एक हो । गर्भावीस्थाको दौरान महिलाहरूमा थाइराइडाइटिसको खतरा बढ्छ । र हाइपोथाइरायडिज्मको शिकार हुन्छन् ।
त्यस्तै औषधिको सेवनबाट पनि हाइपोथायरायडिज्मको खतरा बढ्छ । आयोडिनको बढी प्रयोग गर्दा पनि यस्तो समस्या बढ्छ ।
बचावः हाइपोथाइराइडिज्मबाट बचावको लागि यसको लक्षण बुझ्न निकै जरूरी छ । प्रारम्भिक लक्षणमा नै यसको उपचार गर्नुपर्छ । महिलामा हाइपोथाइराइडिज्मको खतरा बढी हुनु, अटोइम्युन बिमारीबाट ग्रस्त हुनु, परिवारमा हाइपोथायराइडिज्म वा थाइराइडको इतिहास हुनु, गर्भवती, धूमपान, आयोडिनयुक्त औषधिको बढी सेवन, शरीरमा भिटामिन डी र सेलेनियमको कमी, मानसिक तनाव र डिप्रेशन ।
हाइपोथायरायडिज्मको लक्ष्Fण भनेको निद्रामा कमी, कपाल असामान्य रूपले झर्ने, चक्कर, आकुलता, मुटुको ढुकढुकी तीव्र हुनु, भोक बढ्नु, हरेक समय बेचैनी हुनु, आवश्यकताभन्दा बढी पसिना आउनु ।