शारदीय नवरात्रि शुरू भइसकेको छ । पहिलो दिन भक्तहरूले कलश स्थापना गरी माँ शैलपुत्रीको पूजा गरेका थिए । भारत, बिहारको पटनामा एकजना यस्ता भक्त छन् जसले २६ वर्षदेखि आफ्नो छातीमा कलश स्थापना गर्दै आइरहेका छन् । नागेश्वर बाबाले यस वर्ष पनि छातीमाथि २१ वटा कलश स्थापित गरेका छन् । यी कलशको वजन करीब ५० किलो छ । उनले छातीमा नौ दिनसम्म नहल्लिकन कलश स्थापित गरेर राख्छन् ।

यी भक्तलाई हेर्न त्यहाँ दर्शनार्थीहरूको भीड लागेको छ । भक्तजनका अनुसार यी साधु नौ दिनसम्म खानपिन नगरी तथा शौचालयमा पनि नगएर पूजा गर्छन् । बाबाको भक्ति अगाडि मेडिकल साइन्स पनि फेल भएको बताइन्छ ।

पटनाको पुनाइचकमा नौलखा मन्दिर छ । यस मन्दिरमा नागेश्वर बाबाले २६ वर्षदेखि नवरात्रिमा यस्तै प्रकारको आराधना गर्दै आइरहेका छन् । नवमीमा बाबाको साधना हवनका साथ सम्पन्न हुन्छ । बाबा भन्छन्–३६ वर्षको उमेरदेखि छातीमा कलश राखेर आराधना गरिरहेको छु । उनले एउटा कलशबाट आफ्नो साधना शुरू गरेका थिए । त्यसपछि कलशको सङ्ख्या बढाउँदै लगे । साधना शुरू गर्नुभन्दा दुई दिन पहिले उनी खानपिन त्याग्छन् । उनी भन्छन्–एकादशीका दिन अब भोजन ग्रहण गर्छु । उनले वर्षभरि सात्विक भोजन गरी पूर्ण धर्मको साथ पूजा गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here