संसारमा ९ देखि १९ वर्षका बालबालिकाबीच स्मार्टफोनको प्रयोग बढ्दैछ । ब्रिटेनको अफिस अफ कम्युनिकेशन्सको एउटा रिपोर्ट अनुसार ब्रिटेनमा ९१ प्रतिशत ११ वर्ष उमेरका बालबालिकाहरूसँग स्मार्टफोन छ । रिपोर्ट अनुसार यी बालबालिका जब १९ वर्षका हुन्छन् तब उनीहरूमध्ये ६५ प्रतिशत डिप्रेशनको शिकार हुन्छन् । अमेरिकामा ९ देखि ११ वर्षका ३७ प्रतिशत बच्चासँग आफ्नै स्मार्टफोन हुन्छ ।
युरोपको १९ देशमा १३ वर्षसम्मका ८० प्रतिशत बच्चा मनोरञ्जनको लागि स्मार्टफोन प्रयोग गर्छन् । १९ वर्ष उमेरसम्म ९० प्रतिशत किशोर–किशोरीसँग आफ्नै स्मार्टफोन हुन्छ । क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक एमी ओर्बनले आठ वर्षसम्मका बच्चाले पनि सामाजिक सञ्जालमा आफ्नो अकाउन्ट बनाउने गरेको बताइन् । उनले यसको दुरुपयोग हुने आशङ्का रहेको बताइन् ।
ओर्बन अनुसार स्मार्टफोन र सामाजिक सञ्जालको प्रयोगमा सन्तुलन बनाइराख्न जरूरी छ, किनभने यसबाट सीधा हाम्रो मस्तिष्कमा असर नपरे पनि अप्रत्यक्ष रूपमा हानि पु¥याउन सक्छ । १७ बालबालिकामा गरिएको शोध अनुसार ११ देखि १३ वर्षका केटीहरू र १४–१५ वर्षका केटाहरू जुन सामाजिक सञ्जालको प्रयोग गर्न शुरू गर्छन् उनीहरू पछि गएर जिन्दगीमा कम सन्तुष्ट हुने गरेका छन् ।
अर्कोतफृ सामाजिक सञ्जालको प्रयोग नगर्नेहरू जिन्दगीमा बढी सन्तुष्ट भएको पाइएको छ । स्मार्टफोनप्रति बच्चामा बढी आकर्षण सामाजिक मिडियाको हुन्छ ।
लन्दन स्कूल अफ इकोनोमिक्सकी प्राध्यापक सोनिया लिभिङस्टोन अनुसार इन्टरनेट र स्मार्टफोन हाम्रो बालबालिकाको लागि यतिबेला जरूरी छ । यसबाट बच्चा समाजमा नयाँ तरीकाले जोडिन्छन् । कैयौं प्रश्नको जवाफ पाउँछन् तर अभिभावकले यसमाथि नियन्त्रण राख्नुपर्छ ।