कलेजो हाम्रFे शरीरको पावरहाउसको रूपमा काम गर्छ । यसले प्रोटिन र कोलेस्ट्रोल उत्पादन गर्नुको साथै भिटामिन, मिनरल्स, कार्बोहाइडे«ट भण्डारण गर्छ । यसले अल्कोहल, औषधि र मेटाबोलिज्मबाट निस्किने टक्सिक पदार्थलाई टुत्र्mयाउन पनि मदत गर्छ । राम्रो स्वास्थ्यका लागि कलेजोलाई सही आकारमा राख्नुपर्छ । यसको आकारमा परिवर्तन र सुन्निएपछि थुप्रै रोग लाग्छन् । तसर्थ कलेजो स्वस्थ राख्न सोही अनुरूप खानेकुरा खानुपर्छ ।
कफी र चियाः एउटा रिपोर्ट अनुसार कफी सेवन कलेजोको लागि राम्रो हुन्छ । कफीले कलेजोमा एन्टिअक्सिडेन्टको स्तर बढाउँछ, सुन्निएको कम गर्छ । यसले कलेजोको रोग, क्यान्सर र फैटी लिभरको जोखिमलाई पनि कम गर्न मदत गर्छ । यसबाहेक ब्ल्याक र ग्रीन टीले कलेजोमा एन्जाइम र बोसोको स्तर राम्रो बनाउन सक्छ । यदि तपाईं ग्रीन टीको अर्क लिनुभइरहेको छ भने सावधान हुनुपर्छ किनभने यसबाट नोक्सान पनि हुन सक्छ ।
ग्रेपफ्रूट, अङ्गुर र जामुनः ग्रेपफ्रूटमा मौजुद एन्टिअक्सिडेन्ट कलेजोको सुजन कम गर्न र यसको सुरक्षा–तन्त्र बढाउन मदत गर्छ । यसको अलावा केही अध्ययन अनुसार अङ्गुरले कलेजोको फक्शन सुधार्न मदत गर्छ । यसले कलेजोमा हुने नोक्सान कम गर्छ । जामुनमा उच्च मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ, जुन कलेजोलाई नोक्सान हुनबाट बचाउन मदत गर्छ । यसको प्रतिरक्षा र एन्टिअक्सिडेन्ट प्रतिक्रियालाई राम्रो बनाउन मदत गर्छ ।
चुकन्दरको रस कलेजाको अक्सिडेटिभ ड्यामेज र सुजनबाट बचाउन मदत गर्छ । जैतुनको तेलले कलेजोमा फैटको स्तर कम गर्न, रक्तसञ्चार बढाउन र लिभर एन्जाइमको स्तर सुधार्न मदत गर्छ । खाना बनाउने समयमा जैतुनको तेल प्रयोग गर्नुपर्छ ।
ब्रोकाउली र ब्रसेल्स स्प्राउट्सजस्ता तरकारीले कलेजोमा प्राकृतिक डिटाक्सिफिकेशन एन्जाइम बढाउन मदत गर्छ । यसको सेवनबाट कलेजोमा हुने नोक्सान बचाउन र लिभर एन्जाइममा रक्त स्तरमा सुधार्न मदत गर्छ । ओखरले पनि कलेजोको एन्जाइमको स्तर सुधारेर थुप्रै रोगबाट बचाउँछ ।
शाकाहारी खानेहरूले भोजनमा बोसो भएको माछा सामेल गर्नुपर्छ । ओमेगा–३ ले भरपूर फैटी फिश खानाले कलेजोमा थुप्रै फाइदा पुग्छ । यद्यपि ओमेगा–६ भन्दा ओमेगा–३ को अनुपात नियन्त्रणमा राख्न पनि जरूरी हुन्छ ।