घाँटी वा गोप्य अङ्गको वरपर ससाना डल्लो कोठी देखिन्छ ? शोध अनुसार तपाईंलाई इन्सुलिन रेजिस्टेन्टस वा हाइपरट्राइग्लिसराइडिमिया भएको हुन सक्छ । घाँटीको वरपर र गोप्य अङ्गको वरपर देखिने यस्ता कोठीलाई त्वचा टैग भनिन्छ ।  यो ब्लैकिश पिग्मेन्टेशन इन्सुलिन रेजिस्टेन्स बढ्नाले हुन्छ र यसबाट मधुमेह र हृदयरोग हुन सक्ने बताइन्छ ।

इन्सुलिन एउटा हार्मोन हो जसले हाइ ब्लड सुगरको लेभल नियन्त्रण गर्न मदत गर्छ । तपाईं इन्सुलिन रेजिस्टेन्सबाट पीडित हुनुहुन्छ, तपाईंको शरीरको सेल्स जारी भएको इन्सुलिनको लागि राम्ररी प्रतिक्रिया गर्दैन । जुन ग्लुकोज टुटेको हुन्छ त्यो सेल्समा प्रवेश गर्न सक्दैन जसले गर्दा टाइप २ मधुमेहको कारण बन्छ । तसर्थ चिनी, पाउरोटी, बेकरी उत्पादन, प्रोसेस्ड फूडलाई सीमित गर्नुपर्छ । साबुत अनाज, दलिया, बाजरा, ज्वार, केराउ, राजमा आदि विकल्प रोज्नुपर्छ । भोजनमा प्रोटिन सामेल गर्नुपर्छ ।

त्यसैगरी रिफाइन्ड तेलको सेवन सीमित गर्नुपर्छ । इन्सुलिन रेजिस्टेन्स कम गर्नुपर्छ । राति राम्रो निद्रा र तनाव कम गरेर पनि इन्सुलिन रेजिस्टेन्समा सुधार गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here