प्रायः हामीहरू खाना खाएपछि आँप खाने गर्छौं । जसले गर्दा पाचनसम्बन्धी समस्या हुन्छ । भनिन्छ, राति हाम्रो पाचनतन्त्र थोरै कमजोर हुन्छ, जसले गर्दा रातिको खाना सदैव हलुका खानुपर्छ । खाना खाएपछि आँप सेवन गर्दा पेट बिग्रिन सक्छ । पखाला तथा बान्ता पनि हुन सक्छ ।

मधुमेहका बिरामीहरूले खानपानमा विशेष ध्यान राख्नुपर्छ । खाना खाएपछि आँप खाँदा यसले शरीरको ब्लड सुगरको स्तर बिगार्न सक्छ । साथै रातिको खानापछि आँप खानेहरूमा मोटोपन बढ्न सक्छ । वजन बढेपछि थुप्रै शारीरिक समस्या हुन थाल्छन् ।

आँपको प्रकृति गर्म हुन्छ र आँप सेवन गरेपछि शरीरको तापक्रम बढ्न सक्छ । राति खाना खाएपछि आँप सेवन गर्दा छालासम्बन्धी समस्या हुन सक्छ । यसले शरीरमा डन्डीफोर, कालो चायापोते हुन सक्छ । आँप खाने उपयुक्त समय भनेको दिउँसो हो ।

आँपसँग के खानुहुँदैन : भनिन्छ आँपसँग दही खानुहुँदैन । दुवै एकसाथै खाँदा शरीरमा कार्बनडाइअक्साइड बढी बन्न थाल्छ, जसले गर्दा शरीरमा नकारा त्मक असर पर्छ । आँप खाएपछि तुरुन्तै पानी पिउनु हुन्छ भने यसले आन्द्रामा सङ्क्रमण गर्न सक्छ । आँप अथवा जुनसुकै फल खाएको आधा घण्टापछि मात्र पानी सेवन गर्नुपर्छ ।

जानकारका अनुसार आँप र करैला साथै खानुहुँदैन । यसले बान्ता हुने, शरीर बेचैन हुने तथा सास फेर्न समस्या हुन्छ । त्यसैगरी, आँपसँग चीसो पेय पदार्थ सेवन गर्नुहुँदैन । किनभने यी दुवै खाद्य पदार्थमा चिनीको मात्रा बढी हुन्छ, जसले गर्दा शरीरमा विभिन्न समस्या निम्त्याउँछ । आँपसँग मसालादार भोजन खाएपछि छालासम्बन्धी रोग लाग्छ । साथै यसले पेटको समस्या पनि निम्त्याउँछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here