गर्मीको मौसममा एसीले केही क्षण आराम दिए पनि यसले थुप्रै स्वास्थ्यसम्बन्धी समस्या बढाउँछ । बढी एसी प्रयोग गर्दा शरीरमा थुप्रै समस्या निम्तिने गर्छन् । जानकारका अनुसार एसीको अमली कहिल्यै बन्नुहुँदैन । यसबाट गम्भीर रोग पनि लाग्न सक्छ ।
शरीरले सफा हावा पाउँदैनः एसी प्रयोग गर्दा हामीले ताजा र चीसो हावा पाउँदैनौं । किनभने एसी चलाउन घरका सबै झ्याल, ढोका बन्द गर्नुपर्छ । ताजा र चीसो हावा नपाएपछि शरीरको वृद्धि रोकिन्छ र विकासमा बाधा पुग्छ ।
चाउरीपनको समस्याः बढी समय एसीमा बिताउँदा शरीरमा खतरनाक चाउरीपन हुन्छ । एसीमा बस्दा हाम्रो शरीरको पसिना सुक्छ, जसले गर्दा शरीरको नमी पनि सुक्छ । पानीको कमी हुन्छ र शरीरमा खतरनाक चाउरीपन देखिन्छ ।
हाडमा असरः लामो समय एसीमा बस्दा हाम्रFे हाडमा नराम्रFे असर पर्छ । हाडसम्बन्धी कुनै समस्या छ भने यो झनै बढ्न सक्छ । यसै कारण एसीको अम्मली नबन्न जानकारहरूले सुझाव दिन्छन् ।
न्यून रक्तचापको लक्षणः एसीले न्यून रक्तचापको लक्षण बढाउन सक्छ । जसलाई न्यून रक्तचापको समस्या छ, उसले एसीमा बस्दा बेफाइदा हुन्छ ।