प्याजले खानाको स्वाद दुई गुना बढाउँछ साथै यसले स्वास्थ्यमा पनि निकै फाइदा पु¥याउँछ । छाला र कपालको लागि प्याज राम्रFे मानिन्छ ।
भुटेको प्याज सेवन गरेर स्वास्थ्यलाभ प्राप्त गर्न सकिन्छ । किनभने यसमा क्याल्सियम प्रचुर मात्रामा उपलब्ध हुन्छ, जसले गर्दा हाड मजबूत हुन्छ । भुटेको प्याजले दाँतलाई पनि बलियो बनाउँछ ।
आजभोलि फास्टफूड खाने प्रचलन बढी छ, जसले गर्दा शरीरमा विषाक्त पदार्थ जम्मा हुन थाल्छ र यसको निष्कासनका लागि भुटेको प्याजको सेवन गर्नुपर्छ ।
शरीर सुन्निने समस्या छ भने भुटेको प्याजलाई आहारमा सामेल गर्नुपर्छ । यसमा हुने इन्फ्लामेटरीले सुजनको समस्या कम गर्छ । तर भुटेको प्याज बढी सेवन गर्नुहुँदैन ।
पाचनतन्त्र स्वस्थ राख्न शरीरमा फाइबरको मात्रा बढी हुनुपर्छ । फाइबरको कमी भएको खण्डमा भुटेको प्याज सेवन गर्दा कब्ज र अपचजस्ता समस्या हुँदैन ।