शरीरमा रगतको कमी भएपछि मान्छेको अनुहार र शरीरमा विभिन्न लक्षण देखिन्छ । रगतको कमीलाई एनिमिया भनिन्छ । एनिमियाले शरीर यति धेरै कमजोर पार्छ कि शरीर सम्हाल्न सकिंदैन ।
एनिमिया मुख्यरूपले शरीरमा आयरन न्युट्रिएन्ट्सको कमीका कारण आँखाको रङ्ग पहेंलो हुने र नङ सेतो र सुक्खा देखिन थाल्छ । अहिले गर्मीको मौसममा एनिमिया वा शरीरमा रगतको कमी हुन थाल्छ, तसर्थ रगतको कमी हुनबाट रोक्न र शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन जुस सेवन गर्नुपर्छ ।
घ्यूकुमारीको जूसः घ्यूकुमारी हर्ब हो, यसको सेवनबाट छाला र कपाल चम्किलो र स्वस्थ हुन्छ । हरेक दिन एक गिलास घ्यूकुमारीको जूस पिउँदा शरीर विषाक्तरहित हुन्छ ।
अङ्गुरको जूसः साबुत अङ्गुरको जूस पिउँदा गर्मीमा शरीर चीसो हुनुको साथै हेमोग्लोबिन बढाउँछ ।
आँपको सेवनः पाकेको आँपले शरीरमा रक्तको कमी कम गर्छ । गर्मीमा आँप सेवन गर्दा शरीरमा रगतको मात्रा बढ्छ । राति सुत्नुभन्दा पहिले दूध सेवन गर्नुपर्छ ।
चुकन्दरको जूसः चुकन्दर आयरनले भरिपूर्ण हुन्छ । रगतको कमी छ भने चुकन्दरको जूस सेवन गर्नुपर्छ । चुकन्दरले छालाको समस्या पनि समाधान गर्छ ।